१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

गोपाल राजभण्डारी, त्यागी नेताको अंध्यारो जीवन

गोपाल राजभण्डारी, त्यागी नेताको अंध्यारो जीवन
अ अ+ अ-

युवाकालमा देशमा प्रजातन्त्र पुनर्स्थापनाका लागि जीवन नै उत्सर्ग गर्न तम्सेका धेरै युवा पछिल्लो समय भ्रष्टाचार, अनैतिकता र ठगी धन्धामा लिप्त भएका उदाहरण धेरै छन् । यिनीहरुको दुरुह जीवनशैली अहिले अकल्पनीय रुपमा परिवर्तन भएको छ, शान शौकत बढेको छ । यिनै मध्येका एक पात्र गोपालराज भण्डारी हुन् भन्दा फरक पर्दैन । अहिले भ्रष्टाचार मुद्दामा आरोपित सुनसरी जिल्ला समन्वय समितिका संयोजक गोपाल राजभण्डारीको विगत दयनीय थियो, तर अहिले उनलाई चिन्नेहरु उनको जीवनशैली देखेर छक्क पर्न थालेका छन् ।

स्वर्गीय जनकलाल राजभण्डारीको जेठा छोरा गोपाल राजभण्डारी पञ्चायत कालमा नेपाली कांग्रेसको युवा फाँटबाट सुनसरीको पकली थानामा बम पड्काएर पाँच वर्ष जेल जीवन बिताएर जनमत सङ्ग्रहको सयममा जेल मुक्त भएका थिए । त्यसपछि दुई कार्यकाल निर्दलीय व्यवस्थामा सुनसरी चाँदबेला गाउँपञ्चायतका प्रधानपञ्च बनेका भण्डारी मुलुकमा राजनीतिक परिवर्तन पछि नेपाली कांग्रेसबाट टिकट पाए पनि पराजित भएका थिए । तर चाँदवेला गाविसमा २०५४ सालको स्थानीय तहको निर्वाचनमा पुन गाविस अध्यक्षमा निर्वाचित भएका थिए । उनले अध्यक्ष हुने बित्तिकै गाविसको रकम झिकेर त्यो समयमा बजाज मोटर साईकल नयाँ खरिद गरेका थिए । गाविसका सोझासाझा वडा सदस्य र वडा अध्यक्षहरुलाई भत्ता टेबलमा राखेर एकएक गर्दै बोलाएर सहि गराएर आफ्ना कलाकर्तुत छोप्न निकै ज्ञान हासिल गरिसकेका थिए ।

यो निर्वाचन जित्नु भन्दा आर्थिक रुपमा इमान्दार देखिएका राजभण्डारीको सोचमा एकाएक परिवर्तन आयो । त्यस बेलामा सरकारले गाविसलाई स्थानीय तहको विकास गर्न रु.तीन लाख ५० हजार दिने गरेको थियो । जानकारहरु भन्छन्, उनलाई लोभ यहिँबाट पलायो र आर्थिक अपचलनमा हात बढाउँदै लगे । उनले यही बेला सुनसरी मोरङ सिँचाई आयोजनाको एक शाखाको अध्यक्ष बनेर पनि सिँचाईबाट लाखौँलाख रकम अपचलन गरेका थिए । २०५९ साल देखि जनप्रतिनिधि विहीन स्थानीय तह भएपनि उनी सिँचाई आफ्नो दाउपेच लगाएर टिकिरहे र राष्ट्रका ढुकुटी रित्याई रहे । गाविसको अध्यक्ष हँुदाको बखत बाटाघाटामा ग्राभेल गर्ने र सुनसरी मोरङ सिँचाई आयोजना र गाविसबाट एउटै योजनाको दुई ठाउँमा रकम निकाल्न खप्पिस भण्डारी त्यसबेला सम्म आईपुग्दा महल र जमीन जोडिसकेका थिए ।

विगतमा प्रेम बिवाह गरेर एक बच्चा जन्मिए पनि पारपाचुके गरेका भण्डारी सोनापुरमा आफ्नै जातको केटीसँग अर्को बिहे त गरे । सो बेलामा आफ्नै श्रीमतीसँग सीमामा बस्न नसकेर गाविस भवन नजिकै रहेका एक बरहीको छोरीसँग सम्बन्ध गाँसे । निकै चर्चा परिचर्चा भइसकेपछि उनले त्यो केटीलाई अर्कोसँग बिवाह गराएर पुन: त्यही केटीको बहिनीसँग प्रेम गरे । जसमा एक छोरो त जन्मियो तर घर भित्र्याएनन । केही वर्ष पहिले त्यस केटीलाई आफ्ना कम सम्पति देखाएर नगद रु.५० हजार दिएर जिल्ला अदालत सुनसरीबाट सम्बन्ध बिच्छेद गरेको भण्डारी कसरी एकाएक करोडपति भए अनुमान लगाउन सकिन्छ ।

सम्बन्ध बिच्छेद गरेको समयमा पनि सुनसरीको दुहबी बजारमा उनको दुई तले ठूलो पक्की भवन थियो । दुहबी बजारमै अन्य ठाउँमा पनि जग्गा थियो । लगभग चार बिगहा जग्गा सुनसरीको चाँदबेलामा थियो । कसरी एक बेसहारा गरीब परिवारको छोरीलाई अत्यन्त कम रकम दिएर पारपाचुके गरे ? पक्कै पनि उनले राजनीतिक र प्रशासनिक प्रभाव देखाएर यो सबै गरेको सहजै बुझ्न सकिन्छ ।

हावामा उड्न मन पराउने भण्डारीको बानी व्यहोरा देखेर मानिसहरुले यो देशमा कानून छैन भन्थे । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ को निर्वाचन पछि जिल्ला समन्वय समितिका संयोजक बनेका भण्डारीलाई अहिले रकम अपचलन गरेको तथा बदनियत राखी ठेक्का लगाएको जडिबुटी सम्बन्धमा रु.८० लाख भन्दा बढी रकम हिनामिना गरेको आरोपमा मुद्दा लगाएको छ ।  भनिन्छ ‘लुटको धन फुपुको श्राद्ध’ त्यस्तै भएछ भण्डारीलाई । उनको जेठो छोरो पनि अहिले  करोडौं रुपैयाँको चेक बाउन्स केसमा परेको छ ।

हेर्नुहोस् अख्तियारले दायर गरेको मुद्दा
[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/06/CIAA-Gopal-raj-bhandari.pdf” title=”CIAA Gopal raj bhandari”]