• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा ★   फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक ★   अफगानिस्तानमा गोली हानाहानहुँदा तीन स्पेनीको मृत्यु ★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी ★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ?

नीरफूलको प्रिमियर शोपछि दयाहाङ राई– विगतको अनुभवलाई महशुस गर्न पाए



काठमाडौँ । नेपाली चलचित्र नीरफूलको प्रिमियर शो भएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमबीच चलिचित्रको प्रिमियर शो भएको हो । चलचित्रमा दयाहाङ राईसँगै शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा, विजय लामा लगायतको अभिनय रहेको छ ।

रेखा थापा यो चलचित्रमा विशेष भुमिकामा छिन् । बाल गायिका जिम्मे छ्योइकी र नाट्यकर्मी शान्ति वाइबाले यही चलचित्रबाट ठूलो पर्दामा डेब्यु गरेका छन् । यो चलचित्रमार्फत तामाङहरुको मौलिक संस्कृतिलाई नजिकबाट चिन्ने अवसर पाउने अभिनेता दयाहाङ राईले बताउनु भयो । उहाँले आफूले ५ वर्षअघि कथा पाएको र आज फिल्म हेर्दा विगतको अनुभवलाई महशुस गर्न पाएको बताउनु भयो । वि.सं २०७२ सालको भूकम्पबाट भएको क्षति र त्यसको दु:ख र भोगाइलाई चलचित्रमा उतारिएको छ ।

जेठ २६ गते प्रदर्शन हुने चलचित्र ‘नीरफूल’ मा तामाङ संस्कृति समेटिएको छ । धादिङको रुबी भ्यालीमा यसको छायाङ्कन गरिएको थियो । भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा अभिनेता राईसँगै रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय रहेको छ ।

चलचित्रमा पटकथा लेखन निर्देशक फूलमान बल र सचिन घिमिरे, छायाङ्कन प्रमोद कार्की, सम्पादन निमेश श्रेष्ठ, सङ्गीत सिर्जना अर्जुन पोखरेल र चन्द्रकुमार दोङले गरेका छन् ।