• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा ★   फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक ★   अफगानिस्तानमा गोली हानाहानहुँदा तीन स्पेनीको मृत्यु ★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी ★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ?

बजेटको गन्तव्य असपष्ट भयो– पृथ्वी सुब्बा गुरुङ



काठमाडौँ । नेकपा (एमाले) का सांसद पृथ्वी सुब्बा गुरुङले आगामी आर्थिक वर्षको वार्षिक बजेटको गन्तव्य अस्पष्ट रहेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उहाँ ७५३ वटा सरकार छ भन्ने भुलेको र बजेट एकात्मकतावादी भएर आउको उल्लेख गर्नुभयो ।

राजनीतिक अर्थशास्त्र नबुझेको बजेट आएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “पञ्चायत र बहुदलमा जस्तै बजेट आएको छ ।”

बहुदल कालको ५०र६० करोडको बजेटमा एउटा पालिकाले तीन लाख, दश लाख, १५ लाख, बीस लाख पाउने गरेको उल्लेख गर्दै सांसद गुरुङले भन्नुभयो, “त्यस्तै त्यस्तै अधिकार पाउने कुराको हिसाब गर्दा यो बजेटलाई पञ्चायतकालीन बजेटको पुनरावृति भयो भन्न सकिन्छ । यो बजेटलाई बहुदल कालको बजेटको पुनरावृति भयो भन्न सकिन्छ ।”

सबै अधिकार सम्पन्न प्रदेश सरकार, स्थानीय सरकारलाई पहिलेकै जस्तो केन्द्र सरकारले आफनो लाइन एजेन्सी जस्तो ठानेर बजेट विनियोजन गरेको उहाँको भनाइ छ । उहाँले प्रस्तुत बजेटले उत्पादन नबढाउने, उत्पादकत्व नबढाउने, रोजगारी सिर्जना नगर्ने, गरिबी निवारण नगर्ने र समाजवादको आधार पनि तयार गर्न नसक्ने दाबी गर्नुभयो ।