२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातो हावा ‘लू’ को दीर्घकालीन समाधानका निम्ति सरकारले के गरिरहेको छ ?– प्रदीप पौडेल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देशव्यापि रुपमा तापक्रम बढ्दा जनजीवन प्रभावित भएको बताएका छन् ।

प्रतिनिधि सभामा बिहीबार शून्य समयमा बोल्दै उनले देशभर तापक्रम बढेकोले त्यसबारे सरकारको तयारी के हो भनेर प्रश्न गरेका छन्।

उनले तातो हावा लु चल्न थालेको र यसले जनजीवन प्रभावित पारेको बताउदै भने, ‘विद्यालयहरु बन्द भएका छन् । पानीको मुहान सुकेको छ । खेतीबाली सुकेका छन् । धानको बिउ सुकेको छ । जमिनमुनिको पानीको सतह घटेको छ । अशुद्ध पानीका कारण महामारी फैलने जोखिम बढेको छ । यसको तत्कालीन र दीर्घकालीन समाधानका निम्त सरकारले के गरिरहेको छ रु’

उनले अझै एक हप्ताभन्दा बढी समय यस्तो हुने देखिएकोले दैनिक ज्यालादारी गरेर खानुपर्ने मजदुरहरुको अवस्था असाध्यै दयनीय बनेको बताए ।