२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिकोटमा जीप दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु



अ+ अ-

काठमाडौँ। कालिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका-२स्थित सेरा बजारमा रोकेर राखिएको जिप दुर्घटना हुँदा श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले जानकारी दिए ।

ग ३ च ४६१० नम्बरको जीप एक्कासि ब्याक भई सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना हुँदा रास्कोट नगरपालिका-१ का ४३ वर्षीय मोनबहादुर शाही र उनकी श्रीमती ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको माझीले जनाए ।

दुर्घटनामा परि गर्भवती रहेकी २२ वर्षीया रिता शाही गम्भीर घाइते भएकी छन् । उनलाई थप उपचारका लागि हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको छ ।

जीप न्युट्रलमा राखेर चालक गाडी बाहिर रहेको अवस्थामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी माझीको भनाइ छ । चालकलाई नियन्त्रण लिइएको छ ।