• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

वामदेव गौतम एमालेमा फर्कने, उहाँको पार्टी सदस्यता एमालेमै छ: ओली



फाईल फोटो

काठमाडौं । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतम नेकपा (एमाले) मा प्रवेश गर्न तयार हुनु भएको छ ।

पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्वन गर्ने एमालेले निर्णय गरेलगत्तै उहाँले बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिनुभएको हो । तर त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रश्ताव गर्नुपर्ने एमालेका उपाध्यक्ष समेत रहिसक्नु भएको गौतमको शर्त छ । विगतमा आफूलाई रोक्नकै लागि सो प्रश्ताव ल्याइएको गौतमको बुझाई छ ।

उहाँले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने तर्क गर्नुभयो । एमाले आफूले निर्माण गरेको पार्टी रहेको भन्दै गौतमले एमालेप्रति माया लाग्ने बताउनु भयो । उहाँले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको बताउनु भयो । उहाँले केही दिन भित्र पार्टी सदस्यता नविकरण गर्ने समेत बताउनु भयो । गौतमले आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यदी उहाँहरुले मलाई खबर गर्नुभयो । तपाईलाई अहिले पनि निलम्वन भएको छ । आगामी महाधिवेशनसम्म निलम्वन भइरहन्छ । तपाई आउनुप¥यो भन्नुभयो भने म र मसित रहेका जेजति साथीहरु छन् । त्यो लिएर त्यहाँ एकीकृत हुन हामी जान्छौैं । यही अवस्थामा जान्छौं । अरु केही पर्दैन अब । उहाँहरुले मलाई नै रोक्नका निम्ति त्यो उमेर हद ल्याउनुभएको हो । मैले त्यसबेला के भनेको थिए भने ७० वर्ष यहाँ भएका सबै पुग्नुहुन्छ एक दिन । एउटा ७० वर्ष पुग्नुअघि अध्यक्ष भईहाल्यो भने अरु बाँकी रहेका ८÷७० जना ७० वर्ष पुगिहाल्छ । उनीहरु त आउट हुनैपर्छ । त्यसो भएर ७० वर्ष सबैको निम्ति आउँछ । मेरो निम्ति मात्रै आउन लागेको होइन । राख्नुहुन्छ भने राख्नुस् भन्ने मेरो त्यो प्रतिक्रिया थियो ।

मसहित उपस्थित भएको बैठकबाट यो प्रश्ताव उहाँहरुले पारित गर्नुभएको थियो अव ४÷५ वर्षमा ७० वर्ष पुग्ने नेताहरु १०/१२ जना छन् । त्यो हट्यो भने त्यसभित्र भएका धेरै अध्यक्ष पनि हुन पाउँछन । महासचिव पनि बन्न पाउँछन । हटेन भने एउटा बन्छ । १०/१२ जना नेताहरु जो अनुभवी छन् । उनीहरु हट्छन् । यसरी अन्तिममा गएर अनुभवी नेताहरु त्यहाँ समाप्त हुन्छन् । र, अनुभव नभएको व्यक्तिहरु माथि आउँछन् । साँच्चीकै राम्रो पनि गर्न सक्लान । तर पुरानाले मात्रै त्यो अनुभव साट्न सक्छन् । राम्ररी दिन सक्छन् । तर अरुहरुले त्यो गर्न सक्दैनन् । त्यस्तो पार्टी संस्कार र संस्कृतिबिहीन हुनसक्छ । समृद्ध बन्न सक्दैन । यही निलम्वनकै अवस्थामा म जानसक्छु । तर मेरो चाहीँ प्रश्ताव के हो भने त्यो हट्नैपर्छ भन्ने हो । किनकी त्यो मानवता बिरोधी छ । नेपालको संविधानको बिरुद्धमा छ । र, यो उमेर हद भनेको शारीरिक अवस्था हो । शारिरीक अवस्थाको आधारमा पार्टीमा बस्न पाउने, नपाउने भनेको विभेद हो । विभेद भनेको अपराधजन्य कानून बिरोधी गैरकानूनी काम हो ।

उहाँ (ओली)ले आउनुस् भन्नुपर्छ । किनभने पार्टी उहाँसँग छ । म भन्थेँ । मसँग पार्टी छैन अहिले । नेकपा एमाले मसित छैन । त्यसो भएर पार्टी जोसित छ । उहाँहरुले भन्ने हो । मैले अरु धेरैसँग सोधेँ–उहाँहरु कसैले पनि बोल्नुभएन । निलम्बन भइसकेपछि पनि मैले सोध्न खोजेँ । उहाँहरुले भन्नुभएन । मेरो सदस्यता त्यहीँ छ । मैले निर्माण गरेको पार्टी हो । मैले त्यसलाई माया गर्छु । र, मेरो पार्टी सदस्यता किन छ भने मैले बनाए यो बीचमा । तर त्यो पार्टी कम्युनिष्ट पार्टी पूर्ण रुपमा भइसकेको थिएन । हो त्यस्तो अवस्थामा पार्टी त्यही रहिरहोस् भनेर राखिराखेको छु मैले । उहाँहरुले हटाई दिनुभएको पनि छैन । र, पोहोर सालको नविकरण भएको छ । अहिले श्रीमतिलाई पठाएर पार्टी सदस्यता नविकरण गराउँछु । वामदेव गौतम एमालेमा अध्यक्ष हुन जाने होइन । महासचिव हुन जाने होइन । पार्टीमा योगदान दिन जाने हो ।’

यसैबीच, पार्टी अध्यक्ष ओलीले पनि गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताउनु भयो । बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उम्मेर हद हटाउने हो भने वामदेव गौतमले एमाले आउने कुरा गर्नुभयो नि भनि प्रश्न गरेका थिए । ओलीले अब थप केही कुरा छ र ? भन्ने प्रतिक्रिया दिनुभयो । उहाँले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘उहाँले सदस्यता ती छ भन्नु भयो होइन । अनि, कुरा बाँकि छ केही छ थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनु भयो । एकता अभियान चलाउनु भयो । त्यो अभियान मात्रै हो । पार्टी खोलेको होइन । एमालेमा जान्छु भन्नुभएको छ । त्यो ठिक छ । ठिक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’

ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाई ठिक भएको पनि बताउनु भयो ।