• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   दुबईमा वर्षाले विजोग, अस्तव्यस्त बनायो दैनिकी ★   आईपीएलको १६ औं वार्षिकोत्सवः पहिलो छक्का कसले हिर्काएका थिए ? ★   आर्मीले जित्यो कालिका कप राष्ट्रिय भलिबलको उपाधि ★   एमालेबाट चार मन्त्री थपेर लुम्बिनी प्रदेशमा सरकार विस्तार ★   सलमान खान गोली प्रकरणका अर्का संदिग्ध पक्राउ परे ★   अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि ★   अर्थतन्त्रमा सुधार आउन थालेको छः मन्त्री भण्डारी ★   “डिशहोम मिसन ८१” एक वर्षको रिचार्जमा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने मौका पक्का ★   आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै ★   जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित होइन्: प्रधानमन्त्री दाहाल



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताउनु भएको छ ।

हुन बाँकि सहमतीलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको सकिनसकि विरोध गर्ने तरिका उचित नभएको प्रधानमन्त्री दाहालको तर्क थियो । बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले आफूले भारतसँग गरेका सहमतीका लागि राष्ट्रिय एकता प्रर्दशन गर्न पनि सबै पार्टीलाई आग्रह गर्नु भयो ।

प्रधानमन्त्री दाहालले आफूले भारतीय पक्षसँग कालापानी क्षेत्र साट्ने प्रस्ताव नगरेको पनि दोहोर्‍याउनु भयो । बरु बंगलादेश जाने बाटोको विकल्पबारे पनि नेपालका केही बुद्धिजीविहरुले छलफलमा ल्याएको कुरा आफूले नेपाली पत्रकारहरुसँगको कुराकानी गरेको उहाँको स्पष्टिकरण थियो ।

प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक दुई मुलुकबीचको सीमा समस्या समाधान गर्ने भनेर दिएको सार्वजनिक अभिव्यक्ति नेपालको लागि ठूलो कुरा भएको बताउनु भयो । उहाँले आफूले भारत भ्रमणको क्रममा मुलुकको समृद्धिका लागि नयाँ ढोका खोलेको दावी समेत गर्नु भयो ।

प्रधानमन्त्री दाहालेले भन्नुभयो, ‘अव माननीय सदस्यहरुले फेरी अर्को कुरा पनि राख्नु भयो । यो सट्टापट्टावाला कुरा के भएको हो ? तपाईले त जमिननै दिएर आउनु भएछ भनेको जस्तो गरेर । पहिलो कुरा, म के भन्न चाहन्छु भने मैले औंपचारिक कुनै पनि बैठकमा जमिन सट्टापट्टाबारे कुरै गरेको छैन । र, गरेकै होइन । खाली कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो । त्यो समस्या छिटोभन्दा छिटो वार्ता, संवादद्वारा हल गर्नु पर्छ भन्नेकुरा मात्रै भनेको हो । मैले नेपाली पत्रकारहरुसँग कुरा गर्दा यो विषयमा धेरै खालको विचारहरु पनि छन । नेपालकै कतिपय बुद्धिजीविहरुले हामीले यदि बंगलादेशको मोडेल अध्ययन गरेर त्यसलाई पनि लिनुपर्छ ।

या बंगलादेश जाने बाटो हामीले पाउने हो भने समस्याको त्यो पनि समाधान हुन सक्छ भनेर भनेका छन भन्ने सन्दर्भमा मैले यो कुरा बोलेको हो । त्यो भारत सरकारसँग प्रस्ताव राखेको या भारतसँग कुरा भएको होइन । माननीय सदस्यहरुलाई प्रष्ट होस् । मैले त यो विकल्पबारे नेपालको एउटा, दुईटा बुद्धिजीविले मात्रै होइन् नेपालमा धेरै पटक सीमा सम्बन्धि समस्या समाधानको बारेमा सरकारले नै समयसमयमा अध्ययन गराउने गरेको छ । २०७२ मा अध्ययन भएको छ । २०७७ मा पनि अध्ययन भएको छ । र, त्यो अध्ययन गरेका बुद्धिजीविहरु, विशेषज्ञहरुले समस्या जटिल भयो भने हामीले सटापटा पनि गर्न सकिन्छ भनेर उहिल्यैदेखि भनेको भेटिन्छ । त्यसकारण यो मैले आविष्कार गरेको कुरा पनि होइन । यो भारत सरकारसँग अहिलेनै औपचारिक ढंगले प्रस्ताव गरिएको कुरा पनि होइन ।

यस्ता पनि विचारहरु छन चाँही मैले भनेको हो । त्यसकारण यसलाई फेरी अतिरञ्जित ढंगले यति राम्रो भएको सम्बन्धमा चाँही दरार पैदा कसरी गर्न सकिएला ? भनेको जस्तो गरी तर्क गर्नु म माननीय सदस्यहरुलाई अनुरोध गर्न चाहन्छु–उचित हुँदैन । त्यस्तो केही पनि भएको छैन । सीमा सम्बन्धि समस्या हल गरिन्छ भन्ने कुरा हामीले त भनेकै कुरा हो । भारतीय प्रधानमन्त्रीले पनि पहिलो चोटी भन्ने परिस्थिति सृजना गरियो । त्यसमा तपाई, हामी सबैले गर्व गर्नु पर्दछ । मलाई त लागेको थियो अघि मैले जुन पढेँ । यहाँहरुको बीचमा राखे भारत भ्रमणको उपलब्धिबारे । देशले सिंगै के सत्तापक्ष, के प्रतिपक्ष, नागरिक समाज सबैले नै मलाई चाँही बधाईँ दिन्छन भनेर सोचेरै आएको थिए म ।

स्वागत हुन्छ भव्य भन्ने लागेको थियो । किनभने नेपालको इतिहासमा केही युगान्तकारी काम भएका छन माननीय सदस्यहरु । राजनीतिक कारणले हामी कसैलाई भन्न मन लाग्ने, कसैलाई नलाग्ने त एउटा होला । तर, नेपालको इतिहासमा पहिलो पटक सीमा सम्बन्धि समस्या हामी हल गर्छौं भनेर दुवै जना प्रधानमन्त्रीले दुनियाँको अगाडि उभिएर कमिटमेन्ट गर्ने सानो उपलब्धि होइन । मेरो भारत भ्रमण महत्वपूर्ण भएको छ । गेमचेन्ज गर्ने तरिकाले अगाडि बढेको छ । किन ? हामी दुई छिमेकीहरु राम्रो विश्वासको वातावरण बनाएर मात्रै लिपुलेक, कालापानीको पनि समस्या हल हुने हो । एकले अर्कालाई पोलिटिक्स मात्रै गरिराखेर त यो बल्झिने मात्रै हो । कचिंगल हुने मात्रै हो ।

सरकारको नेतृत्व हुनेको हैसियतले हामीले संंवादद्वारा सकारात्मक ढंगले समधानको उपाय खोज्ने पो हो । प्रधानमन्त्रीले विश्वासको वातावरण बनाएर सीमाको समस्या हल गर्छौ भन्ने ठाउँसम्म भारत पनि सहमत भएर आएको कुरालाई त अरु कसैले गर्‍यो र ? अरु कुनै सरकार, हामी स्वयम रहेका हिजोको सरकारले पनि हिजो गर्न सकेको कुरा थियो र यो ? अहिले बडो केही नि भन्ने साथीहरुले, माननीय सदस्यहरुले हिजो त सरकारको नेतृत्व उहाँहरुको दलले पनि गरेकै थियो । थुप्रै प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँहरुले के चाँही गर्नु भएको थियो ? गर्नु भयो केही ? भएको थियो र केही ? अहिले अलि भयो । उत्पात भयो भन्ने मेरो दावी होइन । तर एउटा नयाँ सुरुवात भयो । नेपाल समृद्ध हुने ढोका खोलियो । अव नेपालमा अर्बौ, खरर्बौ लगानी आउने वातावरण बनाईयो । यसमा त हामीले खुशी पो व्यक्त गर्नु पर्छ त ।

त्यसकारण म माननीय सदस्यहरुलाई गम्भिरतापूर्वक अनुरोध गर्न चाहन्छु–यो बेला हो नेपालीहरुले बलियो राष्ट्रिय एकताको प्रर्दशन गर्ने । ठिक भएको छ । अझ ठिक हुनुपर्छ । भएका सहमती ठिक ढंगले कार्यान्वयन हुन । हामी सबै नेपालीहरुले तिखो आँखाले हेरौं । सहमती र सम्झौंता भएका कुराहरु पालना हुन । जस्तो पञ्चेश्वर २६ वर्ष भयो । मैले जानु अगाडि यस सम्मानित सदनमा पनि ती कुरा जानकारी गराएका थिँए । अहिले ३ महिनामा डिपीआर बनाउने । एक वर्ष भित्र निर्माणको मोडालिटी तयार गर्ने भन्ने भएको छ ।

र, टनकपुरबाट हामीले पाउने पानी हामीतिरकै संरचना पूरा भईसकेको रहेनछ । तर अहिले त्यो पानी दिने भन्ने भएको छ । यी सबै उपलब्धि होइनन र ? यसले नयाँ वातवरण बनाएको होइन र ? अनि, हामी सबैले एक भएर यी भएका सहमती, समझदारी ठिक ढंगले कार्यान्वयन हुन । हुन बाँकि सहमती पनि बनाउनु पर्‍यो पो भन्नु पर्छ र । त्यसो भन्यो भने पो नेपाल बलियो हुन्छ । हामी बलियो हुन्छौं । त्यसकारण यसमा अनाआवश्यक हामीले सकिनसकी विरोध गर्नुपर्ने, कनिकुथीको तरिका अपनाउनु उचित छैन ।’

प्रधानमन्त्री दाहालले आफूले भारत भ्रमणको क्रममा खर्बौको लगानी भित्र्याउने गरी सहमती गरेको जिकीर समेत गर्नु भयो ।