९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित होइन्: प्रधानमन्त्री दाहाल

आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित होइन्: प्रधानमन्त्री दाहाल
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताउनु भएको छ ।

हुन बाँकि सहमतीलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको सकिनसकि विरोध गर्ने तरिका उचित नभएको प्रधानमन्त्री दाहालको तर्क थियो । बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले आफूले भारतसँग गरेका सहमतीका लागि राष्ट्रिय एकता प्रर्दशन गर्न पनि सबै पार्टीलाई आग्रह गर्नु भयो ।

प्रधानमन्त्री दाहालले आफूले भारतीय पक्षसँग कालापानी क्षेत्र साट्ने प्रस्ताव नगरेको पनि दोहोर्‍याउनु भयो । बरु बंगलादेश जाने बाटोको विकल्पबारे पनि नेपालका केही बुद्धिजीविहरुले छलफलमा ल्याएको कुरा आफूले नेपाली पत्रकारहरुसँगको कुराकानी गरेको उहाँको स्पष्टिकरण थियो ।

प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक दुई मुलुकबीचको सीमा समस्या समाधान गर्ने भनेर दिएको सार्वजनिक अभिव्यक्ति नेपालको लागि ठूलो कुरा भएको बताउनु भयो । उहाँले आफूले भारत भ्रमणको क्रममा मुलुकको समृद्धिका लागि नयाँ ढोका खोलेको दावी समेत गर्नु भयो ।

प्रधानमन्त्री दाहालेले भन्नुभयो, ‘अव माननीय सदस्यहरुले फेरी अर्को कुरा पनि राख्नु भयो । यो सट्टापट्टावाला कुरा के भएको हो ? तपाईले त जमिननै दिएर आउनु भएछ भनेको जस्तो गरेर । पहिलो कुरा, म के भन्न चाहन्छु भने मैले औंपचारिक कुनै पनि बैठकमा जमिन सट्टापट्टाबारे कुरै गरेको छैन । र, गरेकै होइन । खाली कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो । त्यो समस्या छिटोभन्दा छिटो वार्ता, संवादद्वारा हल गर्नु पर्छ भन्नेकुरा मात्रै भनेको हो । मैले नेपाली पत्रकारहरुसँग कुरा गर्दा यो विषयमा धेरै खालको विचारहरु पनि छन । नेपालकै कतिपय बुद्धिजीविहरुले हामीले यदि बंगलादेशको मोडेल अध्ययन गरेर त्यसलाई पनि लिनुपर्छ ।

या बंगलादेश जाने बाटो हामीले पाउने हो भने समस्याको त्यो पनि समाधान हुन सक्छ भनेर भनेका छन भन्ने सन्दर्भमा मैले यो कुरा बोलेको हो । त्यो भारत सरकारसँग प्रस्ताव राखेको या भारतसँग कुरा भएको होइन । माननीय सदस्यहरुलाई प्रष्ट होस् । मैले त यो विकल्पबारे नेपालको एउटा, दुईटा बुद्धिजीविले मात्रै होइन् नेपालमा धेरै पटक सीमा सम्बन्धि समस्या समाधानको बारेमा सरकारले नै समयसमयमा अध्ययन गराउने गरेको छ । २०७२ मा अध्ययन भएको छ । २०७७ मा पनि अध्ययन भएको छ । र, त्यो अध्ययन गरेका बुद्धिजीविहरु, विशेषज्ञहरुले समस्या जटिल भयो भने हामीले सटापटा पनि गर्न सकिन्छ भनेर उहिल्यैदेखि भनेको भेटिन्छ । त्यसकारण यो मैले आविष्कार गरेको कुरा पनि होइन । यो भारत सरकारसँग अहिलेनै औपचारिक ढंगले प्रस्ताव गरिएको कुरा पनि होइन ।

यस्ता पनि विचारहरु छन चाँही मैले भनेको हो । त्यसकारण यसलाई फेरी अतिरञ्जित ढंगले यति राम्रो भएको सम्बन्धमा चाँही दरार पैदा कसरी गर्न सकिएला ? भनेको जस्तो गरी तर्क गर्नु म माननीय सदस्यहरुलाई अनुरोध गर्न चाहन्छु–उचित हुँदैन । त्यस्तो केही पनि भएको छैन । सीमा सम्बन्धि समस्या हल गरिन्छ भन्ने कुरा हामीले त भनेकै कुरा हो । भारतीय प्रधानमन्त्रीले पनि पहिलो चोटी भन्ने परिस्थिति सृजना गरियो । त्यसमा तपाई, हामी सबैले गर्व गर्नु पर्दछ । मलाई त लागेको थियो अघि मैले जुन पढेँ । यहाँहरुको बीचमा राखे भारत भ्रमणको उपलब्धिबारे । देशले सिंगै के सत्तापक्ष, के प्रतिपक्ष, नागरिक समाज सबैले नै मलाई चाँही बधाईँ दिन्छन भनेर सोचेरै आएको थिए म ।

स्वागत हुन्छ भव्य भन्ने लागेको थियो । किनभने नेपालको इतिहासमा केही युगान्तकारी काम भएका छन माननीय सदस्यहरु । राजनीतिक कारणले हामी कसैलाई भन्न मन लाग्ने, कसैलाई नलाग्ने त एउटा होला । तर, नेपालको इतिहासमा पहिलो पटक सीमा सम्बन्धि समस्या हामी हल गर्छौं भनेर दुवै जना प्रधानमन्त्रीले दुनियाँको अगाडि उभिएर कमिटमेन्ट गर्ने सानो उपलब्धि होइन । मेरो भारत भ्रमण महत्वपूर्ण भएको छ । गेमचेन्ज गर्ने तरिकाले अगाडि बढेको छ । किन ? हामी दुई छिमेकीहरु राम्रो विश्वासको वातावरण बनाएर मात्रै लिपुलेक, कालापानीको पनि समस्या हल हुने हो । एकले अर्कालाई पोलिटिक्स मात्रै गरिराखेर त यो बल्झिने मात्रै हो । कचिंगल हुने मात्रै हो ।

सरकारको नेतृत्व हुनेको हैसियतले हामीले संंवादद्वारा सकारात्मक ढंगले समधानको उपाय खोज्ने पो हो । प्रधानमन्त्रीले विश्वासको वातावरण बनाएर सीमाको समस्या हल गर्छौ भन्ने ठाउँसम्म भारत पनि सहमत भएर आएको कुरालाई त अरु कसैले गर्‍यो र ? अरु कुनै सरकार, हामी स्वयम रहेका हिजोको सरकारले पनि हिजो गर्न सकेको कुरा थियो र यो ? अहिले बडो केही नि भन्ने साथीहरुले, माननीय सदस्यहरुले हिजो त सरकारको नेतृत्व उहाँहरुको दलले पनि गरेकै थियो । थुप्रै प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँहरुले के चाँही गर्नु भएको थियो ? गर्नु भयो केही ? भएको थियो र केही ? अहिले अलि भयो । उत्पात भयो भन्ने मेरो दावी होइन । तर एउटा नयाँ सुरुवात भयो । नेपाल समृद्ध हुने ढोका खोलियो । अव नेपालमा अर्बौ, खरर्बौ लगानी आउने वातावरण बनाईयो । यसमा त हामीले खुशी पो व्यक्त गर्नु पर्छ त ।

त्यसकारण म माननीय सदस्यहरुलाई गम्भिरतापूर्वक अनुरोध गर्न चाहन्छु–यो बेला हो नेपालीहरुले बलियो राष्ट्रिय एकताको प्रर्दशन गर्ने । ठिक भएको छ । अझ ठिक हुनुपर्छ । भएका सहमती ठिक ढंगले कार्यान्वयन हुन । हामी सबै नेपालीहरुले तिखो आँखाले हेरौं । सहमती र सम्झौंता भएका कुराहरु पालना हुन । जस्तो पञ्चेश्वर २६ वर्ष भयो । मैले जानु अगाडि यस सम्मानित सदनमा पनि ती कुरा जानकारी गराएका थिँए । अहिले ३ महिनामा डिपीआर बनाउने । एक वर्ष भित्र निर्माणको मोडालिटी तयार गर्ने भन्ने भएको छ ।

र, टनकपुरबाट हामीले पाउने पानी हामीतिरकै संरचना पूरा भईसकेको रहेनछ । तर अहिले त्यो पानी दिने भन्ने भएको छ । यी सबै उपलब्धि होइनन र ? यसले नयाँ वातवरण बनाएको होइन र ? अनि, हामी सबैले एक भएर यी भएका सहमती, समझदारी ठिक ढंगले कार्यान्वयन हुन । हुन बाँकि सहमती पनि बनाउनु पर्‍यो पो भन्नु पर्छ र । त्यसो भन्यो भने पो नेपाल बलियो हुन्छ । हामी बलियो हुन्छौं । त्यसकारण यसमा अनाआवश्यक हामीले सकिनसकी विरोध गर्नुपर्ने, कनिकुथीको तरिका अपनाउनु उचित छैन ।’

प्रधानमन्त्री दाहालले आफूले भारत भ्रमणको क्रममा खर्बौको लगानी भित्र्याउने गरी सहमती गरेको जिकीर समेत गर्नु भयो ।