२ पुष २०८२, बुधबार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नेताका जिम्मेवारीमा व्यापक फेरबदल, कसलाई के जिम्मेवारी ? (अपानिसहित)



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले पार्टीको अधिकांश नेताका जिम्मेवारीमा फेरबदल गरेको छ । नयाँ जिम्मेवारी अनुसार पार्टीको समग्र नेतृत्व गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीले पाएका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।

साथै, वरिष्ठ उपाध्यक्ष पोखरेलले नीतिरयोजना सम्वद्ध विभागकोहरुको संयोजन गर्ने जिम्मेवारी पनि पाएका छन् । त्यस्तै, उपाध्यक्ष युवराज ज्ञवालीले प्रदेश र स्थानीय तहको समन्वय गर्ने जिम्मेवारी पाएका छन् । त्योसँगै उनले मानवस्रोत सम्वद्ध विभागहरुको संयोजन पनि गर्नेछन् ।

अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय गर्ने भुमिका पाएकी छिन् । सँगै उनले सामाजिक विकास सम्वद्ध विभागहरुको संयोजन पनि गर्नेछिन् ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कृषि तथा उद्यमशीलता सम्वद्ध विभागको संयोजन गर्नेछन् । त्यसोसँगै उनले कुटनीतिक सम्वन्ध तथा राष्ट्रिय सुरक्षासँग सम्वद्ध निकायसँग पनि समन्वय गर्नेछन् ।

उपाध्यक्ष बिष्णु पौडेलले पार्टीको संगठनात्मक कामको अनुमगन गर्ने जिम्मेवारी पाएका छन् । त्यस्तै, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सुशासन र सेवा प्रवाह सम्वद्ध विभागहरुको संयोजन गर्नेछन् भने अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वाधार तथा विकास सम्वद्ध विभागहरुको संयोजन गर्नेछन् ।

पार्टी महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक कामको संयोजन गर्नेछन् । उपमहासचिव प्रदीप ज्ञवालीले स्कुल विभागको नेतृत्व गर्नेछन् भने अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संसदीय विभाग प्रमुखको जिम्मेवारी निभाउने छन् । त्यस्तै, उपमहासचिव बिष्णु रिमालले निर्वाचन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

पार्टी सचिव लेखराज भट्ट कर्णाली प्रर्दश इन्चार्ज भएका छन् । त्यस्तै गोकर्ण बिष्ट गण्डकी, योगश भट्टराई मधेस प्रदेश, छविलाल विश्वकर्मा सुदुरपश्चिम प्रदेश, रघुवीर महासेठ कोशी प्रदेश र पद्माकुमारी अर्याल लुम्विनि प्रदेश इन्चार्ज भएकी छिन् । गत १९ जेठमा बसेको सचिवालय बैठकले पार्टी सम्वद्ध नेताहरुको जिम्मेवारीमा व्यापक फेरबदल गरेको हो ।

10th-Congress-Apani-7-Final