९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

एमाले नेताका जिम्मेवारीमा व्यापक फेरबदल, कसलाई के जिम्मेवारी ? (अपानिसहित)

एमाले नेताका जिम्मेवारीमा व्यापक फेरबदल, कसलाई के जिम्मेवारी ? (अपानिसहित)
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेले पार्टीको अधिकांश नेताका जिम्मेवारीमा फेरबदल गरेको छ । नयाँ जिम्मेवारी अनुसार पार्टीको समग्र नेतृत्व गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीले पाएका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।

साथै, वरिष्ठ उपाध्यक्ष पोखरेलले नीतिरयोजना सम्वद्ध विभागकोहरुको संयोजन गर्ने जिम्मेवारी पनि पाएका छन् । त्यस्तै, उपाध्यक्ष युवराज ज्ञवालीले प्रदेश र स्थानीय तहको समन्वय गर्ने जिम्मेवारी पाएका छन् । त्योसँगै उनले मानवस्रोत सम्वद्ध विभागहरुको संयोजन पनि गर्नेछन् ।

अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय गर्ने भुमिका पाएकी छिन् । सँगै उनले सामाजिक विकास सम्वद्ध विभागहरुको संयोजन पनि गर्नेछिन् ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कृषि तथा उद्यमशीलता सम्वद्ध विभागको संयोजन गर्नेछन् । त्यसोसँगै उनले कुटनीतिक सम्वन्ध तथा राष्ट्रिय सुरक्षासँग सम्वद्ध निकायसँग पनि समन्वय गर्नेछन् ।

उपाध्यक्ष बिष्णु पौडेलले पार्टीको संगठनात्मक कामको अनुमगन गर्ने जिम्मेवारी पाएका छन् । त्यस्तै, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सुशासन र सेवा प्रवाह सम्वद्ध विभागहरुको संयोजन गर्नेछन् भने अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वाधार तथा विकास सम्वद्ध विभागहरुको संयोजन गर्नेछन् ।

पार्टी महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक कामको संयोजन गर्नेछन् । उपमहासचिव प्रदीप ज्ञवालीले स्कुल विभागको नेतृत्व गर्नेछन् भने अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संसदीय विभाग प्रमुखको जिम्मेवारी निभाउने छन् । त्यस्तै, उपमहासचिव बिष्णु रिमालले निर्वाचन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

पार्टी सचिव लेखराज भट्ट कर्णाली प्रर्दश इन्चार्ज भएका छन् । त्यस्तै गोकर्ण बिष्ट गण्डकी, योगश भट्टराई मधेस प्रदेश, छविलाल विश्वकर्मा सुदुरपश्चिम प्रदेश, रघुवीर महासेठ कोशी प्रदेश र पद्माकुमारी अर्याल लुम्विनि प्रदेश इन्चार्ज भएकी छिन् । गत १९ जेठमा बसेको सचिवालय बैठकले पार्टी सम्वद्ध नेताहरुको जिम्मेवारीमा व्यापक फेरबदल गरेको हो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/06/10th-Congress-Apani-7-Final.pdf”]