२० माघ २०८१, आईतवार
,
Latest
सागर ग्रुपले आईटी एक्स्पो गर्ने जुनेलो, फापर, गहत फलाउने किसान भएनन् नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्छः कार्यकारी निर्देशक अधिकारी क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने सांसद भट्टराईको प्रश्नः अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको बिरोध गर्ने ? बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए निजी क्षेत्रको अपेक्षा भन्दा माथि गएर सरकारले नीतिगत सुधारको लागि अध्यादेश ल्यायोः वरिष्ठ उपाध्यक्ष मल्होत्रा नेपालको लगातार तेस्रो हार, नेदरल्यान्डसँग १५ रनले पराजित जिमेल एकाउन्टमा एआई प्रयोग गरेर ह्याक के यो बियोन्सेको समय हो ? सङगीतका ए–लिस्टरहरू ग्रामीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको नयाँ संसदमा नेपाली भूमिसहितको नक्शाबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो होइन: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको नयाँ संसद भवनमा नेपालको भूमि समेत सामेल गरिएको नक्शाबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको बताउनु भएको छ ।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो विषयमा आफूले भारतीय पक्षसँग गम्भिरतापूर्वक कुरा उठाएको स्पष्टिकरण दिनु भएको हो ।

प्रधानमन्त्री दाहालले मिडियामा सो बारे आएको विषयमा आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्शा नभएकाले त्यसलाई राजनीतिक रुपमा नहेर्न भनेको जवाफ आएको पनि बताउनु भयो । उहाँले सो विषयमा भारतसँग अझ बढि अध्ययन र छलफल गर्ने आश्वासन समेत दिनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘पहिलो कुरा संसदको नक्शाबारे कुरा भयो । मैले गम्भिर रुपमा नै उठाए । किनकी त्यो धेरे अध्ययन भईसकेको त थिएन । तर पनि जसरी मिडियामा आएको थियो । त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ । यो के हो नयाँ संसद भवनमा भारतले राखेको नक्शाबारे विभिन्न कोणबाट चर्चा भएको छ भन्दा उहाँहरुले दिएको जवाफ मैले प्रतिनिधिसभामा पनि भनेको थिए । यो कुनै राजनीतिक नक्शा होइन । यो ऐतिहासिक र सांस्कृतिक नक्शा हो । यसलाई राजनीतिक रुपले हेर्न हुँदैन भन्ने उहाँहरुको जवाफ थियो । अव यो बारे अझ बढि अध्ययन गर्ने, छलफल गर्ने कुरा त बाँकि नै छ । त्यसकारण कुरा उठाएन केही पनि भएन भन्ने कुरा साँचो होइन ।’

प्रधानमन्त्री दाहालले भारतको नयाँ संसदमा राखिएको नक्शा सांस्कृतिक नक्शा भएको कुरा पनि भारतीय पक्षले राखेको बताउनु भयो ।

PMs-Statement-at-the-Parliament