१४ भाद्र २०८३, आईतवार
,
Latest
भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउनुपर्छ: गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापाले सरकारले हुलमुलमा कार्यालयहरु कटौती गर्दा निर्वाचन आयोगको कार्यालय कटौती गर्ने तर्फ यथेस्ट ध्यान नपुर्‍याएको बताए । उनले भने, ‘आफूले गरेको गल्तिलाई समयमै सच्यायो भने त्यो गल्तिको दुष्प्रभाव हामीले बेहोर्नुपर्दैन । निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाइ तत्काल सच्याउन म नेपाल सरकारसँग माग गर्दछु ।’

गगनले थपे,’बजेटमा प्रस्तावित भएको जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने र यसको काम जिल्ला प्रशासनमा सार्ने यो काम यदी भयो भने यसले निर्वाचन आयोगको भूमिकालाई संकचित पार्छ र यसको कामलाई प्रभावित गर्छ । किनकी जिल्ला प्रशासन कार्यालयले गर्ने काम प्रकारान्तरले कार्यकारीको हस्तक्षृेपबाट मुक्त हुन सक्दैन् । र यो विषय संविधानसम्मत पनि छैन्’ ।

अर्थमन्त्री डा।प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरी जिल्ला प्रशासन कार्यालयअन्तर्गत निर्वाचन एकाइ रहने बताएका थिए । यसप्रति निर्वाचन आयोगले समेत आपत्ति जनाइसकेको छ ।