• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

चलचित्र ‘वेलकम टु हेम्जोकोट’को प्रिमियर शो



काठमाडौँ । नेपाली चलचित्र वेलकम टु हेम्जोकोटको प्रिमियर शो भएको छ ।

मंगलवार काठमाडौंमा चलचित्रको प्रिमियर शो गरिएको हो । जेठ २६ देखि प्रदर्शनको तयारीमा रहेको सोसल–कमेडी फिल्म ‘वेलकम टु हेम्जाकोट’ मा बुद्धि तामाङ र विनोद न्यौपानेको शीर्ष भुमिका रहेको छ भने फिल्मले बेरोजगारीले निम्त्याउने समस्या र अन्तरजातीय प्रेमको कथावस्तु पेस गर्छ । सरोज पौडेल निर्देशित फिल्मले युवालाई आदर्शवान बन्न सिकाएको छ ।

फिल्ममा लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदेव राई, प्रेविल कँडेल, स्व.जयनन्द लामाको समेत अभिनय छ । प्रिमियर शोपछि बोल्दै अमिनेता शोभित बस्नेतले चलचित्र हास्य विधाको चलचित्र भएकाले राम्रो लागेको र हास्न धेरै पाइने खालको फिल्म बनेको बताउनु भयो । उहाँले फिल्म हेरुन्जेलसम्म फिल्मको मज्ज लिएर चलचित्र हेर्न सकिने बताउनु भयो ।

त्यस्तै चलचित्र वेलकम टु हेम्जोकोटका अभिनेता विनोद न्यौपानेले नयाँ टिमले गरेको प्रयासबाट कलाकारहरु खुशी भएको र आगामी शुक्रवारबाट दर्शकले प्रतिक्रिया दिएपछि फिल्म राम्रो र नराम्रो भन्नेबारेमा विश्वस्त हुने बताउनु भयो । उहाँले फिल्म हेरुन्जेल हासो नरोकिने बताउनु भयो ।

क्लोजअप सिने प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो फिल्म तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्काले निर्माण गरेका हुन् । मिलन श्रेष्ठको एक्शन, मित्र डी गुरुङको सम्पादन रहेको फिल्मलाई दीर्घ गुरुङले खिचेका हुन् ।

कविराज गहतराज र गम्भीर बिष्टको संयुक्त नृत्य निर्देशन, शाश्वत श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मको गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठले स्वर दिएका छन् । राज सागरले संगीत भरेका छन् ।