• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

सुनको मूल्य बढ्यो, चाँदी स्थिर



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज बुधबार सुनको मूल्य बढेको छ ।

आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँ बढेर एक लाख १२ हजार सात सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार उक्त सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।अघिल्लो कारोबारमा तेजाबी सुन प्रतितोलाएक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी हिजो कै मूल्य प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।