• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

विश्व महानगर सम्मेलनमा भाग लिन बालेन बेल्जियम जाँदै



काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बेल्जियमको भ्रमण गर्ने भएका छन् ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले मेयर शाहको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बालेन जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन बेल्जियम जान लागेका हुन् ।

यस्तै आजकै मन्त्रिपरिषद् बैठकले कालीमाटी तरकारी बजारको अध्यक्षको जिम्मेवारी सहसचिव मदन भुजेललाई दिने निर्णय पनि गरेको छ । साथै, काभ्रेको पाँचखालमा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्रामका रूपमा रूपान्तरण गर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।