१२ असार २०८३, शुक्रबार
,
Latest
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने एक शिक्षक मृत फेला



प्रतीकात्मक तस्बिर
अ+ अ-

जानकी । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा प्राध्यापन गर्ने एक शिक्षक मृतावस्थामा फेला परेका छन् । अर्थशास्त्र विषयमा आंशिक प्राध्यापन गर्ने रवीन्द्र रेग्मी मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१८ का मृतक रेग्मीको शव राप्तीसोनारी गाउँपालिकास्थित ढेकेरीको जङ्गलमा जलेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो । प्रहरीका अनुसार रेग्मी सोमबार बिहान १० बजेदेखि परिवारबाट सम्पर्कविहीन थिए । उनी परिवारको सम्पर्कमा नआएपछि प्रहरीलाई गरेको खबरअनुसार खोजीकार्य जारी राख्दा उक्त जङ्गलमा आज बिहान ९ बजे जलेको अवस्थामा मृत भेटिएका हुन् ।

रेग्मीको शवलाई परीक्षणका लागि भेरी अस्पताल लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । रासस