९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

होली खेल्‍ने क्रममा घरको छतबाट खसेर एकको मृत्‍यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । होली खेल्‍ने क्रममा घरको छतबाट खसेर एकजनाको मृत्‍यु भएको छ । 

मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–५ गोलढुंगास्थित हेमराज खड्का को घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिवन कुमारी खड्का रहेकी छन् । यस्तै, अर्की एकजना गम्भीर घाइते भएकी छन् । 

खड्काको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बिहीबार साँझ ७ः३५ बजे निधन भएको हो ।

यस्तै सोही क्रममा छतबाट खसेर घाइते भएकी ३८ वर्षीया अन्जु कार्की ग्रीन सिटी अस्पताल सामाखुसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।