• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा ★   फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक ★   अफगानिस्तानमा गोली हानाहानहुँदा तीन स्पेनीको मृत्यु ★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी ★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ?

ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ: नेपाल टेलिकम



काठमाडौँ । नेपाल टेलिकमले यही जेठ २२ गते एक अनलाइन न्यूज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति खण्डन गरेको छ ।

टेलिकमले ग्राहकको गोपनीयतालाई सधै सम्मान गर्ने र त्यसको सुरक्षा र गोपनीयतामा एकरत्ति पनि सम्झौता हुन नदिने भन्दै ग्राहकलाई आश्वस्त हुन अनुरोध समेत गरेको छ ।

“यही जेठ २२ मा एक अनलाइन न्यूज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ, कम्पनीका सेवा अत्यन्त भरपर्दा र सुरक्षित बनाइ ग्राहकवर्गको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको व्यहोरा जानकारी गराउँदै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नुहुन अनुरोध छ”, टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ र

नेपाल टेलिकमले राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकले झैँ कम्पनीले विवरण उपलब्ध गराउने समेत प्रष्ट पारेको छ ।

पछिल्लो समयमा कम्पनीका सेवाका संस्थागत प्रयोगकर्ता उल्लेख्यरुपमा बढिरहेको व्यहोरासमेत जानकारी गराइएको छ ।