३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको संसदीय दलको भोलि बस्ने बैठकले महाअभियोग प्रस्तावबारे छलफल गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावका बारेमा भोलि संसदीय दलको बैठक बसेर निर्णय लिइने बताउनुभएको छ ।

न्युजपोलारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “महाअभियोग प्रस्ताव दर्ता भएको हामीले भर्खरै सुनेका छौँ, यस्तो आकस्मिक कुराबारे एमाले अहिले नै टुङ्गोमा पुगेको छैन, भोलि संसदीय दलको बैठक बसेर टुङ्गोमा पुग्नेछौँ ।”

यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमा यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको र स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, “महाअभियोग प्रस्तावले प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ । सत्तापक्षले महाभियोगको सिलसिला आरम्भ गरेको छ, जसको असर तुरुन्तै देखा पर्नेछ ।”