११ असार २०८३, बिहीबार
,
Latest
स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको संसदीय दलको भोलि बस्ने बैठकले महाअभियोग प्रस्तावबारे छलफल गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावका बारेमा भोलि संसदीय दलको बैठक बसेर निर्णय लिइने बताउनुभएको छ ।

न्युजपोलारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “महाअभियोग प्रस्ताव दर्ता भएको हामीले भर्खरै सुनेका छौँ, यस्तो आकस्मिक कुराबारे एमाले अहिले नै टुङ्गोमा पुगेको छैन, भोलि संसदीय दलको बैठक बसेर टुङ्गोमा पुग्नेछौँ ।”

यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमा यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको र स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, “महाअभियोग प्रस्तावले प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ । सत्तापक्षले महाभियोगको सिलसिला आरम्भ गरेको छ, जसको असर तुरुन्तै देखा पर्नेछ ।”