२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न सकिँदैनः महामन्त्री थापा



अ+ अ-

लुम्बिनी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने बताएका छन् । उनले नेतृत्वका गलत निर्णयविरुद्ध आवाज उठाउन सक्नुपर्नेसमेत बताए ।

दाङको लमहीमा नेपाली कांग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि सोमबारदेखि आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले गाली गरेर कांग्रेस अग्लो नहुने तर नेताले गल्ती गर्दा ताली बजाएर मात्रै बसे पार्टी नबन्ने बताए । “अब पनि प्रश्न गर्न सकेनौँ भने गल्ती भएको बेलामा गल्ती भयो भनेर बोल्न सक्नुपर्छ”, उनले भने, “पार्टीको अहित हुने निर्णय भयो भने रोक्न सक्नुपर्छ, पार्टीलाई ठीक ठाउँमा उभ्याउन सक्नुपर्छ ।”

महामन्त्री थापाले गल्ती भएको बेलामा गल्ती भयो भन्न सके र त्यसलाई सच्याउन सके पार्टीलाई ठीक ठाउँमा उभ्याउन सकिने बताए । पार्टीभित्र परम्परागत सोच र चिन्तन हावी भएको उनको भनाइ छ । उनले भने, “हिजोकै चालढालबाट, हिजोकै चरित्रबाट अब पार्टी चल्छ भन्ने ठान्यौँ भने हामीले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।”

नेपाली कांग्रेसलाई बदल्नै पर्ने र कांग्रेसलाई बदल्न सबै बदलिनुपर्ने उनले बताए । “पार्टीभित्र माथिदेखि तलसम्म भएका सबै गुट भत्काऔँ”, उनले भने, “पार्टीले दिने टिकटको निर्णय तल्लो तहबाटै निर्णय गरौँ, यही हो बदलिने भनेको ।”

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले मुलुक आर्थिकरूपमा सङ्कटको अवस्थामा पुगेको उल्लेख गर्दै साधारण खर्च बढ्ने तर पूँजीगत खर्च घट्ने अवस्थाले मुलुकलाई अहित गर्ने बताए ।