३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अवरोध हुनेकुरा संसदीय अभ्यासकै पाटो होः रमेश लेखक



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद अवरुद्ध हुनेकुरासंसदीय अभ्यासकै पाटो भएको बताउनुभएको छ ।

सोमवार संसद बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसद राजनीतिक थलो भएको र संसदमा विभिन्न विचारधाराका पार्टी र नेताहरु एक ठाउँमा छलफल गर्ने थलो भएको बताउनु भयो । उहाँले संसद अवरुद्ध हुने विषय अनौठो र हुँदै नहुने विषय नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसद भनेको राजनीतिक थलो हो, फरक फरक राजनीतिक विचार भएका राजनीतिक दलहरु र मानिसहरुको एकै ठाउँमा बसेर छलफल गर्ने थलो भएकाले विभिन्न विषयमा फरक फरक धारणा हुन्छन्, फरक फरक धारणाका बीचमा उत्पन्न हुने गर्छन्, यस्तो वातावरण कहिले बन्छ । संसद अवरुद्ध हुने विषय एकदमै अनौठो, हुँदै नहुने भन्ने होइन, यसलाई कम गर्दै लजानुपर्छ । तर संसद अवरुद्ध हुनेकुरा भनेको संसदीय अभ्यासकै एउटा पाटो हो ।’

उहाँले संसद अवरोधलाई भने कम गर्दै लैजानुपर्ने बताउनु भयो ।