• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

आगामी साता दुई चलचित्र प्रदर्शन हुने



काठमाडौँ । आगामी साता दुई नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन हुने तय भएको छ ।

हाल नेपाली चलचित्र ‘जारी’ र ‘डाकिनी’ प्रदर्शन भइरहेका छन् । ‘डाकिनी’ सीमित चलचित्र भवनमा प्रदर्शन भइरहेको छ । बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का गतिविधि सुनिने दन्त्यकथाका आधारमा तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ ।

बौद्धधर्मका गुरु खिन्से नोर्बु (जोङ्सार खिन्से रिम्पोछे) निर्देशक रहनुभएको सो चलचित्रमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ । छिरिङ तासी, तेञ्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतको यसमा अभिनय रहेको छ ।

यस्तै, चलचित्र ‘जारी’ले प्रदर्शनको ५१ दिन पार गरेको छ । यस वर्षको यो पहिलो व्यावसायिक र सफल चलचित्र बनेको छ । कवि उपेन्द्र सुब्बा पटकथाकार हुँदै यसै चलचित्रमार्फत निर्देशक बन्नुभएको छ ।

लिम्बू संस्कृतिलाई आमदर्शकले बुझ्ने गरी प्रस्तुत गरिएको सो चलचित्रमा पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पति–पत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोह–अवरोहलाई प्रस्तुत गरिएको छ । चलचित्र नाम्साङ ९दयाहाङ राई० र हाङ्मा (मिरुना मगर)मा केन्द्रीत छ ।