२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

लहान नगरपालिकाको लक्ष्मी जी ट्रेडस पेट्रोल पम्प सिल



अ+ अ-

लहान । लहान नगरपालिका २३ गाढास्थित लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्पलाई मापदण्ड विपरित कम मात्रामा डिजेल र पेट्रोल वितरण गरी उपभोक्तालाई ठगि गरिएको आरोपमा सिल गरिएको छ ।

गुणस्तर तथा नाप तौल कार्यालय बिराटनगर तथा ईलाका प्रहरी कार्यालय लहानको संयुक्त अनुगमन टोलीले सो पम्पको डिजल हाल्ने मिटर रिडिङले कम मात्रामा तेल दिने गरेको पत्ता लगाएको थियो । यसपछि सो टोलीले  मेसिनलाई बन्द गरी  सिल गरेकोे थियो ।

साथै पेट्रोल पम्प सञ्चालकलाई अनुसन्धान तथा आवश्यक कार्वाहीको लागि सो कार्यालयमा आवश्यक कागजात सहित तीन दिन भित्र उपस्थित हुन पत्र काटेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिनुभयो । सो अनुगमन टोलीले लहानस्थित बालाजु ट्रेड सेन्टर, बजरंग तेल बिक्री, फुलबारी आयल स्टोर र श्री लक्ष्मी जि ट्रेडर्स पेट्रोल पम्पको अनुगमन गरेको जनाइएको छ । रासस