२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याइयो



अ+ अ-

रामपुर (पाल्पा) । पाल्पामा जारी निषेधाज्ञाको समयाबधि पुनः एकहप्ता थप गरिएको छ । यही जेठ २४ गते सम्म कायम गरिएको निषेधाज्ञालाई लम्ब्याइ जेठ मसान्तसम्म पुर्‍याइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले बन्द रहेका वाणिज्य बैंकहरु बिहान ७ वजेदेखि १० सम्म खोल्ने निर्णय गरेको छ  । अन्य वित्तीय संस्थाका सेवा भने पूर्ण रुपमा बन्द गरिने जनाइएको छ ।

कोभिड विरुद्धको खोप लगाउने स्थान पालिका भित्रका सबै वडामा व्यवस्थापन गर्ने र खोप लगाउने उमेर समूह ६०–६४ वर्ष भनिएकामा खोप कम उपलब्ध भएकाले ६२–६४ उमेरका लागि मात्र लगाइने निर्णय भएको समितिले जनाएको छ । रासस