• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   शंखमुलस्थित एक पसलमा आगलागी ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई छैटौं सफलता ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पाँचौं सफलता ★   विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा ★   नेपालीलाई चिनियाँ भिसा नि:शुल्क, एक्सप्रेस र सेवा शुल्क भने यथावत ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई चौंथो सफलता, भुर्तेलले लिए दुई विकेट ★   लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट ★   बेथिति र बिकृतिको समुल अन्त्य गर्न आन्दोलनको बिकल्प छैन :- कमल थापा ★   गाजामा युद्धविराम विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा

इब्राहिमोभिचद्वारा खेल जीवनबाट सन्यास



काठमाडौँ । फुटबल क्लब एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिचले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

४१ वर्षीय स्विडिस इब्राहिमोभिचले सिरी ए को अन्तिम खेलपछि सन्यास घोषणा गरेका हुन् । उनले यसअघि नै एसी मिलान छाड्ने घोषणा गरिसकेका थिए ।

‘मैले फुटबललाई गुडबाइ भनेको हुँ, तपाईंहरूलाई होइन,’ अन्तिम खेलपछि इब्राहोभिचले भने । पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड र दुवै मिलान क्लबबाट खेलेका उनले क्लब फुटबलमा ५११ गोल गरेका छन् । उनले नेरदल्याण्ड्स, इटाली, स्पेन र फ्रान्स गरी चार देशहरूमा लिग उपाधि जितेका छन् ।

सन् २०११ मा एसी मिलानबाट सिरी ए उपाधि जितेको इब्राहिमोभिच २०२० मा फेरि मिलान पुगेका थिए । जहाँ उनले २०२१ मा मिलानले लिग जित्दा उनी सदस्य थिए ।

उनले मिलानबाट आफूले धेरै माया पाएको भन्दै धन्यवाद व्यक्त गरे । इब्राहिमोभिचले १४ लिग उपाधिसहित करियरमा कुल ३४ ट्रफीहरु जितेका छन् । उनी ११ पटक बालोन डी’ओरका लागि मनोनीतभएका थिए । उनले क्लब फुटबलमा जित्न नसकेको मुख्य ट्रफी भने च्याम्पियन्स लिग रह्यो । सन् २०१७ मा उनले म्यानचेस्टरयुनाइटेडबाट युरोपा लिग उपाधि जितेका थिए ।

इब्राहिमोभिचले स्वीडेनका लागि १२२ खेल खेल्दै सर्वाधिक ६२ गोल गरेका छन् ।