२५ मंसिर २०८२, बिहीबार
,
Latest
एमाले महाधिवेशनमा डर र आतङ्क सिर्जना गर्न ओलीलाई गिरफ्तार गर्ने हल्ला फैलाइयोः महेश बस्नेत लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता रवि–छवि सहकारी ठगी मुद्दा फेरि स्थगित नेपालको बीमा दिगो छैनः स्वास्थ्यमन्त्री गौतम एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो विभेद्विरुद्ध जाग्दै मधेशका महिला रणवीर सिंहको ‘धुरन्धर’ले पठान र सैयारालाई पछि पार्यो हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल नेपालगञ्जमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय अभिनेत्री भाग्यश्री नेपालमा



अ+ अ-

काठमाडौँ । काठमाडौँमा आयोजना हुने एक समारोहमा सहभागी हुन् भारतीय अभिनेत्री भाग्यश्री नेपाल आएकी छन् ।

आज दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइन् । “म नेपाल पहिले पनि आएकी थिएँ, मैले कुनै चाडपर्वको समयमा सपरिवार यहाँ आउने सोच बनाएकी छु”, उनले भनिन्, “मेरा चलचित्र आइरहेका छन्, हेर्नुस् र माया गरिदिनुस् ।”

उक्त समारोहमा सहभागी हुन भारतीय कलाकार रञ्जीन, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनी पवारलगायत नेपाल आइसकेका छन् । भारतको प्रतिष्ठित अवार्ड ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’मा सहभागी उनीहरु नेपाल आएका हुन् । यो अवार्डको छैटौँ संस्करण हो । यसअघि भारतमा आयोजना भएको अवार्ड समारोह यसपटक भने नेपालमा आयोजना हुँदैछ ।