• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   काँग्रेस गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्छ भन्ने ठाउँमा आएको छः सन्तोष परियार ★   काँग्रेस जिम्मेवार प्रतिपक्ष बनोस्, म माथि संसदीय समिति बनाउनुपर्ने स्पष्ट आधार छैनः गृहमन्त्री ★   काँग्रेसको व्यक्ति लक्षित संसदीय समितिको माग सम्भव छैन: एमाले ★   गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउने काँग्रेसको अडान कायमै ★   अमेरिकामा प्रथम विद्वत् धर्मसभा ! ★   चितवनमा बाघ र गैँडा मृत फेला ★   सिन्धुलीमा रहेका मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकोप्टरमार्फत काठमाडौँ ल्याईदै ★   उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने ★   दुई वर्षमा दुई वटा पनि कानून बनेनन्: मन्त्री भण्डारी ★   रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्ड चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश प्रस्थान



नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश प्रस्थान गर्नुभएको छ । नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले उहाँलाई बिदाइ गर्नुभयो ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गर्नुभएको थियो । भ्रमणकै क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति दौपदी मुर्मू एवं उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहाल भारतको मध्यप्रदेशस्थित इन्दौर सहरमा पुगी त्यहाँको फोहर व्यवस्थापनको बारेमा जानकारी लिनुका साथै विज्ञानप्रविधिसम्बन्धी क्षेत्रको अवलोकन गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल आजै इन्दौरबाट नयाँदिल्ली फर्कनुभएको हो ।

भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विभिन्न सम्झौता एवं समझदारी भएका छन् । प्रधानमन्त्री दाहाल यही जेठ १७ गते औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको थियो ।