५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन News Polar त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन News Polar सुनसरीमा करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम

‘एमसीसीबारे जनताको भावनामा ठेस नपुग्नेगरी हामी अगाडी बड्न चाहिरहेका छौं’- माधवकुमार नेपाल (भिडियो)

‘एमसीसीबारे जनताको भावनामा ठेस नपुग्नेगरी हामी अगाडी बड्न चाहिरहेका छौं’- माधवकुमार नेपाल (भिडियो)
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको बैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने चेतावनी दिनु भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्धा अदालतमा विचाराधिन भईरहेका बेला अध्यक्ष नेपालको यस्तो भनाई बाहिर आएको हो । उहाँले आफ्नो पार्टीले कानुनी आधारमा बैधानिकता पाएको र आफूहरुलाई सांसदको रुपमा स्वीकार गर्ने स्थिति बनाइएको दावी समेत गर्नु भयो ।

आईतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन मिलेर तीन वटै तहको निर्वाचनमा जाने भन्दै स्थानीय तहको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिनु भयो । उहाँले भन्नु भयो,   ‘हामी बैधानिक रुपमा निर्माण भएको पार्टी हौं । हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौं । र, सांसदको रुपमा स्विकार गर्ने स्थिति पनि बनाएका छौं । यसमाथि कसैले धावा बोल्न खोज्छ भने, औंलो ठड्याउने खोज्छ भने हामी सहन गर्दैनौं । त्यसो हुनाले हामी अघि बढेका छौं । स्थानीय तहको चुनाव बैशाख ३० गते तोकिसकिएको छ । अव हाम्रो पार्टीको सम्पूर्ण काम चुनावको तयारीमा जुट्नु हो । सबै तहको निर्वाचनमा पाँच दलीग गठबन्धन मिलेर जानेछ ।’

अध्यक्ष नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताउनु भयो । उहाँले एमसीसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरु नरहेको समेत स्पष्ट पार्नु भयो । अध्यक्ष नेपालले भन्नु भयो, ‘एमसीसी भन्ने अमेरिकाबाट प्राप्त भएको सहयोगको विषयपनि नेपाली समाजमा निकै ठुलो बहस र विवादको विषय बनेको छ । यो विषयको बारेमा हामी अझैपनि छलफल चलाइरहेका छौँ । विषयवस्तुमा प्रवेश गर्न पनि चाहिरहेका छौँ ।

जनताको भावना के छ त्यो पनि बुझ्न खोजिरहेका छौँ । फैलिएका आशंकाहरु के–के छन् त्यो पनि बुझ्न चाहिरहेका छौँ । र जनताको भावनामा ठेस नपुग्नेगरी, देशको हितमा कुठाराघात नहुनेगरी र सबै मित्रराष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम हुनेगरी हाम्रो समस्यालाई हाम्रो आफ्नै किसिमको परिवेशलाई अरुले पनि बुझिदिउन् भन्ने चाहाना राख्नेगरी हामी अगाडी बढ्न चाहिरहेका छौँ । हामी सबैसँग मित्रता भाव राख्न चाहान्छौँ । कसैसँग पनि कटुता राख्न चाहादैनौँ । हाम्रा सबै मित्र हुनेछन् । कोही शत्रु हुने छैनन् । हामी हाम्रो देशलाई कुनै किसिमको विश्वको रणभुमिको मैदान बनाउन चाहदैनौँ । नेपाललाई शान्तिप्रिय देशको रुपमा स्थापित गर्न चाहान्छौँ । असंलग्न परराष्ट्र नीतिलाई अवलम्वन गर्दै अघि बढ्न चाहान्छौँ । यो सबै हाम्रो विशेष परिवेशलाई ध्यानमा राखेर नै हामी एमसीसी सम्बन्धी विषयको बारेमा पनि एउटा अडान हामी लिनेछौँ ।’

अध्यक्ष नेपालले एमसीसीबारे फैलिएका आशंकाबारे अझै बुझ्नुपर्ने आवश्यक्ता रहेको दोहोर्याउनु भयो ।