• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा ★   प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म ★   टी–२० विश्वकप जित्ने प्रत्येक खेलाडीले २ करोड ७७ लाख रुपैयाँ पाउने ★   भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द ★   सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल सङ्घ अवार्ड ★   रन्जिताले लेखिन् कविता ‘तानाशाही प्रवृती’ ★   आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु: बामदेव गौतम  ★   नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु ★   सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गनुहोस: प्रधानमन्त्री ★   नेपालले आज इंग्ल्यान्ड ‘सी’ सँग खेल्दै

ओडिशामा रेल दुर्घटनाः २०७ जनाको मृत्यु, ९०० भन्दा बढी घाइते



एजेन्सी । छिमेकी राष्ट्र भारतको ओडिशास्थित बालासोरमा शुक्रबार साँझ भएको रेल दुर्घटनामा २०७ जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी यात्रु घाइते भएका छन् । मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।

दुर्घटना बालासोरको बहंगा बजार स्टेशन नजिकै साँझ सवा ७ बजे भएको हो । कोलकाता–चेन्नई जाँदै गरेको कोरोमण्डल एक्सप्रेस र यशवंतपुर–हावडा एक्सप्रेस बहनगा नजिक पटरीबाट खसेका थिए । त्यसपछि कोरोमण्डल ट्रेलसँग मालगाडी ठोक्कियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार, एक रेल अधिकारीले भने कि पहिले यशवंतपुर–हावडा एक्सप्रेस पटरीबाट खसेको थियो । यसका केही डिब्बा अर्को ट्र्याकमा पल्टिएर अर्कोतर्फबाट आउँदै गरेको शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेससँग ठोक्किएका थिए । यसपछि कोरोमण्डल ट्रेनका केही बग्गी पनि पटरीबाट खसेका थिए । यी बग्गीहरू अर्को ट्र्याकमा रहेको मालगाडीसँग ठोक्किएका थिए । केही बग्गी मालगाडीको माथि चढे ।

दुर्घटनाग्रस्त रुटका ६ वटा रेल रद्द गरिएका छन् । केही रेलको रुट परिवर्तन गरिएको छ । दुर्घटनाबारे प्रशासनले आपतकालीन नियन्त्रण कक्ष नम्बर ६७८२२६२२८६ जारी गरेको छ । यससँगै नजिकैका स्टेशनहरूको हेल्पलाइन नम्बरहरू पनि जारी गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवसँग कुरा गरेर स्थितिको जानकारी लिए । उनले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार दिने घोषणा गरेका छन् ।

केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले मृतकका आफन्तलाई १० लाख, गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।