२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘टाइगर ३’ को सेटमा एकैसाथ देखिए सलमान–शाहरुख



अ+ अ-

एजेन्सी । सलमान खान स्टारर प्रतिक्षित फिल्म ‘टाइगर ३’ चाँडै रिलिज हुँदैछ । फिल्ममा शाहरुख खानको पनि क्यामियो रहेको छ । यसैबीच, सामाजिक सञ्जालमा फिल्मको सेटबाट एउटा भिडियो लीक भएको छ, जसमा सलमानसँगै शाहरुख खान पनि सेटमा देखिएका छन् । भिडियो सार्वजनिक हुनेबित्तिकै फ्यानहरू खुसीले उफ्रिएका छन् ।

यस भिडियोमा सलमान ब्राउन टी–सर्ट–डेनिम जीन्समा देखिएका छन् । यसै क्रममा शाहरुख खान पनि उनको पठान लुकमा पछाडी प्रवेश गर्छन् । रिपोर्टहरू विश्वास गर्ने हो भने, दुवै खान एक एक्सन दृश्य शूट गर्न मुम्बईको मध आइल्याण्ड पुगेका छन् ।

सलमान खानको यो बहुप्रतिक्षित फिल्म १० नोभेम्बर २०२३ मा दीपावलीको अवसरमा रिलिज हुँदैछ । फिल्ममा सलमानका अलावा कट्रिना कैफ र इमरान हाश्मी पनि मुख्य भूमिकामा देखिनेछन् । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने फिल्मको कुल बजेट २२५ करोड हुने छ ।