काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि २०७५ जेठ २ अघिको पूर्व अवस्थामा फर्कन तयार रहेको जनाउनु भएको छ । आईतबार साँझ एक बिज्ञप्ति जारी गर्दे अध्यक्ष ओलीले सबैलाई पार्टी एकतामा आउन आह्वान गर्नुभएको छ ।
पार्टी एकताका लागि ६ बुँदे अपिल जारी गर्दै अध्यक्ष ओलीले २०७५ जेठ २ को अबस्थामा फर्कनका लागि आफ्नो पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता हुनुपर्ने अडान राख्नु भएको छ ।
उहाँले यो बिचमा गरिएका कारबाहीहरु फिर्ता हुने र कुनै पुर्वाग्रह र भेदभाव नराखी अघि बढ्ने उल्लेख गर्नुभएको छ ।