२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

फ्रेन्च ओपनबाट सेरेना विलियम्स विदा, रोजर फेडररले वाक ओभर दिए

फ्रेन्च ओपनबाट सेरेना विलियम्स विदा, रोजर फेडररले वाक ओभर दिए
अ अ+ अ-

यस वर्षको फ्रेन्च ओपन टेनिसको चौथो राउन्डबाटै अमेरिकी सेरेना विलियम्स विदा भएकी छिन् ।

विश्व वरियतामा हाल सातौं नम्बरमा रहेकी सेरेनालाई २१औं वरियताकी कजाकिस्तानकी एलिना रिबाकिनाले सोझो सेटमा हराइन् । क्ले कोर्टमा शुरुदेखि नै संघर्ष गर्नु परेकी सेरेनालाई एलिनाले ६–३, ७–५ ले पराजित गरिन् ।

यो जितसँगै एलिना महिला सिंगल्स तर्फ क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् । अब उनको भेट क्वार्टरफाइनलमा बेलारुसकी ३१औं वरियताकी अनास्तासिया पाब्लुचेन्कोभासँग हुनेछ ।

पूर्व विश्व नम्बर १ तथा २० वटा ग्रान्डस्लाम जितिसकेका रोजर फेडररले फ्रेन्च ओपन परित्याग गरेका छन् । घुँडामा चोटको दुई पटक अपरेसन गरेर रिहाविलिटेसन गरिरहेका फेडररले आफू थप खेल खेल्न नसक्ने बताएका छन् ।

उनले एक वक्तव्य प्रकाशन गरी टिममा छलफल गर्दा थप खेलहरु नखेल्नु उचित हुने सल्लाह दिइएको बताएका छन् ।  

आइतबार सम्पन्न अन्य खेलहरुमा पुरुष एकलतर्फ ग्रीसका पाँचौं वरियताका स्टिफानोस चिचिपास  क्वार्टरफाइनलमा प्रवेश गरेका थिए ।

उनले १२औं वरियताका पाब्लो क्यारेनो बुस्टालाई ६–३, ६–२, ७–५ ले पराजित गरेका थिए ।

रसियाका विश्व वरियताको दोस्रो नम्बरमा रहेका डानी मेडभेडेभले चिलीका २२औं वरियताका क्रिस्टियन ग्यारिनलाई ६–२, ६–१ र ७–५ ले सोझो सेटमा पराजित गरी क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

त्यस्तै आइतबार राति भएको खेलमा अलेक्जान्डर झेरेभले जापानका केई निशिकोरीलाई ६–४, ६–१, ६–१ को सोझो सेटमा पराजित गरेका छन् ।

महिला सिंगल्स तर्फ बेलारुसकी ३१औं वरियताकी अनास्तासिया पाब्लोचेन्कोभा विजयी भएकी छिन् । उनले १५औं वरियताकी रसियाली भिक्टोरिया अजारेन्कालाई ७–५, ६–३, ६–२ ले हराइन् ।    

यस्तै, टमारा जिडानसेक र मार्केटा भोन्ड्रुसोभा पनि आआफ्ना खेल जित्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।