९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘त्रयम्’ र ‘बुद्ध र भिखारी’ मञ्चन



अ+ अ-

काठमाडौँ । नाटक प्रेमी दर्शकका लागि काठमाडौँमा दुई नाटक मञ्चन भइरहेका छन् । त्रिपुरेश्वरस्थित कौसी थिएटरमा यही जेठ १२ देखि नाटक ‘त्रयम्’ र थापागाउँस्थित मण्डला नाटकघरमा जेठ १६ देखि नाटक ‘बुद्ध र भिखारी’ मञ्चन भइरहेको छ ।

काठमाडौँका एउटा ‘फ्ल्याट’ लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक ‘त्रयम्’ जेठ २८ गतेसम्म मञ्चन हुनेजनाइएको छ । एक–अर्कासँग पटक्कै नमिल्ने स्वाभावका तीन युवती नजिक हुन् नसके तापनि सँगै बस्न बाध्य छन् । आफ्नो रुचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा घट्ने घटनाक्रमले एक–अर्काप्रतिको बुझाइमा ल्याउने परिवर्तन नै नाटकको सार हो ।

नाटकले तीन युवतीको विगत कोट्याउँदै महिलाले दैनिक जीवनमा भोग्ने हिंसालाई रोचक ढङ्गले प्रस्तुत गरेको छ । दिलीप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटकमा सङ्गीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यले शीर्ष भूमिका निर्वाह गर्नुभएको छ ।

“लामो समयदेखि बोकिरहेको विषयले बल्ल मञ्चनको स्वरूप पाउँदैछ, नाटकमा उठिरहेका विषय मेरो नजिकैका धेरै महिलाले भोगेका विषय हुन् । कतिले मलाई सुनाएका छन्, कतिले नभनी पनि मैले बुझेको छु । यो नाटकले तपाईंहरूको पनि मौनता तोड्न प्रेरित गर्नेछ”, निर्देशक रानाभाटले भन्नुभयो ।

यस्तै, चुलाचुली थिएटरको प्रस्तुति रहेको ‘बुद्ध र भिखारी’लाई चेतन आङथुपोले नाट्य रूपान्तरण तथा अनुवादन र परिकल्पनासँगै निर्देशन अनिल सुब्बाले गर्नुभएको हो ।

“आफ्नो झुपडीमा मुसाले दिएको दुस्खबाट दिक्क भएर भाग र भाग्यको अर्थ खोज्दै बुद्ध खोज्न निस्किएको भिखारीले यात्राभरि गरेको सङ्घर्ष र रमाइलो पललाई नाटकमा प्रस्तुत गरेका छौँ”, निर्देशक सुब्बाले भन्नुभयो । नेपाली पौराणिक लोककथालाई नाट्य रूपान्तरण गरी ‘स्याडो प्ले’मार्फत मञ्चन गरिने निर्देशक सुब्बाले जानकारी दिनुभयो ।

यही जेठ ३२ गतेसम्म मञ्चन हुने नाटकमा कलाकार वेदना राई, प्रतिना राई, रमिता राई, रुपेश लामा, गणेश ताण्डव, नवीनचन्द्र अर्याल, सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बू, सञ्जीव योगी, मनिष मगर, मोहन राईले अभिनय गर्नुभएको छ । रासस