२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

निवर्तमान राज्यमन्त्री मानन्धरले लिएनन् आवास व्यवस्थापन सुविधा

निवर्तमान राज्यमन्त्री मानन्धरले लिएनन् आवास व्यवस्थापन सुविधा
अ अ+ अ-

काठमाडौं । निवर्तमान सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रीका हैसियतमा प्रप्त हुने आवास व्यवस्थापन लगायतको कुनै पनि आर्थिक सुविधा नलिएको जानकारी दिनुभएको छ । २०७६ मंसीर ४ देखि २०७८ जेठ २१ गते सम्म सहरी विकास राज्यमन्त्रीको जिम्मेवारीमा रहेका मानन्धरले आवासिय सुविधा नलीएका मन्त्रीहरुलाई निवास व्यवस्थापनका लागि उपलब्ध गराउने हरेक महिनाको ४० हजारका दरले राज्यमन्त्रीका रुपमा बहाल रहेको १८ महिना सम्मको रु ७ लाख २० हजार रकम नलिइएको जानकारी दिनुभएको छ । 

आज विज्ञप्ति जारी गर्दै निवर्तमान सहरी विकास राज्यमन्त्री मानन्धरले कार्यालय व्यवस्थापनका सुविधा अन्तरगत प्राप्त हुने २ लाख रकम समेत सरकारी कोषामा नै रहेको जानकारी दिनुभएको छ । खर्च भएर नजाने जिन्सी सामानहरु ल्यापटप तथा आइप्याड र सवारी साधन समेत फिर्ता बुझाइसकेको मानन्धरले बताउनुभएको छ । 

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पुरा गर्ने अभियानमा राज्यमन्त्री पदको हैसियतमा रहि जन आकांक्षा पुरा गर्न आफु निरन्तर लागेको पनि मानन्धरले दाबी गरेका छन् । 
जनताको विकासको तिब्र चाहना पुरा गर्नका लागि पारदर्शीरुपमा कार्य गरेको बताउँदै एमाले नेता मानन्धरले पारिश्रमिकको आधा रकम जनताको जीवन रक्षाका लागि कोभिड कोषमा गएको र आफ्नो चल अचल सम्पत्ती विवरणमा कुनै हेरफेर नभएको बताउनुभएको छ । 

काठमाडौं क्षेत्र नम्वर ७ बाट निर्वाचित पूर्वसांसद मानन्धरले २०७० साल देखिनै निरन्तर रुपमा  पार्टीको क्षेत्रिय कार्यालय सञ्चालनका लागि मासिक १५ हजार घर भाडा सहित अन्य खर्च व्यवस्थापन गर्दै आइरहेको जानकारी समेत दिएका छन् । समृद्ध नेपाल निर्माणको राष्ट्रिय अभियान पुरा गर्न प्रधानमन्त्री ओलीले आफुलाई विश्वास गरी राज्यमन्त्रीको जिम्मेवारी दिएको भन्दै मानन्धरले जनताको विकासको चाहना पुरा गर्ने अभियानमा निरन्तर लागिरहने बताएका छन् ।

पछिल्लो राजनीतिक परिस्थितिका कारण सरकारबाट बाहिरिनुपरेपनि पार्टीको नैतिकवान र ईमान्दार कार्यकर्ताका हैसियतले आफु सधैं जनताको घर दैलोमै रहने प्रतिवद्वता जनाउँदै नेता मानन्धरले सरकारको समृद्धिको अभियानमा बाहिरबाटै सहयोग गरिरहने बताएका छन् । नेता मानन्धरले कोरोना महामारीका कारण समस्यामा परेकालाई आफ्नै व्यक्तिगत प्रयासमा राहत, उद्दार र खाना व्यवस्थापनमा सक्रिय थिए । सहरी विकास मन्त्रालय मातहतका आयोजनाहरुको निर्माणलाई तिब्रता दिलाउन उनी निरन्तर सक्रिय थिए ।