२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

चैते धानको उत्पादनमा बृद्धि हुने सम्भावना

चैते धानको उत्पादनमा बृद्धि हुने सम्भावना
अ अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने बताइएको छ । गत वर्ष भन्दा २०० हेक्टर बढी क्षेत्रफलमा चैते धान खेती भएकाले यस वर्ष जिल्लामा उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले जनाएको हो । 

जिल्लामा गत वर्षको भन्दा ८०० मेट्रिक टन बढी धान उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो । यस वर्ष जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको लामिछानेको भनाइ छ । ज्ञान केन्द्रले जिल्लाको तीन स्थानमा धान ब्लक सञ्चालन गरेको, सिँचाइ सुविधा पु¥याएको लगायतका सुविधाहरु प्रदान गरेपछि चैते धानप्रति कृषकहरुको आकर्षण बढेको लामिछानेले बताउनुभयो । 

किसानहरुक अनुसार वर्षे धानभन्दा चैते धानको उत्पादान राम्रो हुने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा वर्षे धान प्रतिहेक्टरमा चार मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ । यस वर्ष जिल्लामा करीव पाँच हजार मेट्रिक टन चैते धान उत्पादन हुने भन्दै लामिछानेले उत्पादन भएको धानमध्ये २५ प्रतिशत कृषकहरुले राखेर बाँकी बिक्री गर्ने बताउनुभयो । “यहाँ उत्पादन भएको चैते धानको बजार सुनिश्चित भएको छैन” उहाँले भन्नुभयो, “यद्यपि हामीले ठूला धान मिलहरुसँग धान खरीद बिक्रीबारे कुरा गरिरहेका छौँ ।” 

गैँडाकोट नगरपालिकामा उत्पादन भएको धान बिक्रीका लागि स्थानीय सरकारले पहल गरेकाले अन्य पालिकाहरुले समेत त्यसैगी सहजीकरण गरेमा कृषकहरुलाई सहज हुने उहाँले बताउनुभयो । “ठूला मिलहरुले भारतबाट सस्तोमा धान किनेर ल्याउने गरेका कारण स्थानीय उत्पादन खरीद गर्न उनीहरु तयार हुँदैनन्” लामिछानेले भन्नुभयो, “स्थानीय उत्पादनलाई प्राथमिकता दिएर भारतबाट आउने धान प्रतिस्थापनका लागि सरकारले विशेष पहल गर्नुपर्छ ।” भारतबाट सस्तोमा धान आउने भएकाले यहाँका कृषकहरुले बाध्य भएर सस्तो मूल्यमा धान बेच्नुपर्ने अवस्था आउने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

देशैभर चामलको आयात गर्नुपर्ने भए पनि नवलपुरबाट भने अन्य जिल्लामा पठाउने गरी उत्पादन हुने गरेको उहाँले बताउनुभयो । चैते धान उत्पादनमा भएको वृद्धिले आयातित धानको प्रतिस्थापन गर्नुका साथै खाद्य सुरक्षामा टेवा पु¥याएको लामिछानेले बताउनुभयो । चैते धानको प्रवद्र्धनका लागि जिल्लाको गैँडाकोट नगरपालिकाको वडा नम्बर ११ र १२ को भेँडाबारी, बुलिङटार गाउँपालिका–३ र कावासोती नगरपालिका–१७ को ढोकी फाँटमा ब्लकमार्फत चैते धान खेती भइरहेको छ । 

ब्लकअन्तर्गत गैँडाकोटको भेँडाबारीमा २६० हेक्टर क्षेत्रफल, कावासोतीको ढोकी फाँटमा ५०० हेक्टर क्षेत्रफल र बुलिङटारमा १५० हेक्टर क्षेत्रफलमा चैते धान खेती भइरहेको भन्दै लामिछानेले जिल्लाका अन्य क्षेत्रमा पनि चैते धान प्रवद्र्धनको छुट्टै कार्यक्रम भैरहेको जानकारी दिनुभयो । जिल्लामा चैते धानको रुपमा हर्दिनाथ, चैते ५, टाइचिनसहित अन्य स्थानीय जातका धानको खेती गरिएको छ । 

त्यस्तैगरी वर्षे धान रोप्नका लागि तयारी भइरहेको भन्दै लामिछानेले अहिले कृषकलाई धानको बिउ राख्ने चटारो भइरहेको बताउनुभयो । चैते धान १२ सय हेक्टरमा लगाइएको भए पनि वर्षे धान भने २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइने गरेको पाइन्छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको कुल खेतीयोग्य भूमिको करीब ५६ प्रतिशत भागमा सिँचाइ सुविधा पुगेकाले समेत समयमा नै वर्षे धान रोप्न सकिन्छ । जिल्लामा ४९ हजार हेक्टर खेतीयोग्य जमीन रहेको भन्दै लामिछानेले २० हजार ७३० हेक्टर क्षेत्रफलमा मात्रै वर्षे धान लगाइने गरेको केन्द्रले जनाएको छ । 

भूमिगत सिँचाइ तथा नहर र कुलोमार्फत सिँचाइ पु¥याइएको भन्दै लामिछानेले वर्षाको समयमा मात्रै पनि पानीको सुविधा हुने ठाउँमा समेत धान खेती हुने गरेको बताउनुभयो । जिल्लाका सबै स्थानमा गुणस्तरीय वर्षे धानको बिउ बिक्री वितरण भइरहेको लामिछानेले बताउनुभयो । सरकारले सिफारिस गरेको धानको बिउ स्थानीय कृषि सहकारी संस्थामार्फत कृषकले लैजाने गरेका भन्दै प्रलोभनमा परेर जथाभावी बिउ खरीद नगर्न लामिछानेले आग्रह गर्नुभयो ।

जिल्लाका लागि रामधान, हर्दिनाथ, सावित्री, सुख्खा ३, सावा मन्सुली जस्ता वर्षे धानका बिउहरु सिफारिस भएका छन् । लामिछानेले सूचीकृत बिउ बिक्री वितरणबारे एग्रोभेटहरुमा अनुगमन गरिएको बताउनुभयो । भारतबाट आएका हाइब्रिड जातका बिउ प्रयोग गर्दा कृषि अधिकृतहरुसँग सल्लाह लिएर मात्रै प्रयोग गर्न पनि कृषि ज्ञान केन्द्रले किसानहरुसँग आग्रह गरेको छ । (रासस, टेकराज पोखरेल)