६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरजुलाई पैसा दिएको भन्ने अडियो गलत भएको प्रहरी निष्कर्ष



file
अ+ अ-

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेत्री डा आरजू राणा देउवालाई पैसा बुझाएको भन्ने अडियो गलत भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

अभियुक्तहरूको बयानका क्रममा उक्त अडियो सत्य नभएको पुष्टि भएको हो । प्रहरीले अडियोका बारेमा अभियुक्तसङ्ग सोधखोज गरेको थियो । तर अभियुक्तहरूले नै नियोजित रुपमा कांग्रेस नेत्री देउवाको नाम लिएको प्रहरी र अदालतमा बयान दिएका छन् । काङ्ग्रेस नेत्री देउवाले अडियोको सत्यतथ्य छानवीनका लागि प्रहरीमा लिखित उजुरी दिएकी थिइन् ।

अभियुक्त सन्देश शर्मा र केशव दुलालले आरजु राणा देउवाले पैसा लिएको कुरा वास्तविक नभएको बयान यसअघि नै दिइसकेका छन् । अहिले उनीहरूले आफूहरूलाई कसले दबाब दिएर आरजुलगायतको नाम लिएको भन्नेबारे पनि मुख खोलेका छन् । गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले दबाब दिएकै कारण आरजु राणा देउवा र मञ्जु खाणको नाम बोलेको उनीहरुको बयानमा उल्लेख छ ।

बयानमा भनिएको छ, ‘‘जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले मलाई पहिले नै फोन सम्पर्क गरी हामीले पैट्ठा लिएका मानिसहरूले हामीलाई समस्यामा पारिसके निजहरू आएको समयमा हामी तपाईंलाई फोन गर्छौँ सो समयमा हामीद्ये भनेको मानिसलाई रकम बुझाएका छौँ भनी जानकारी गराई दिनु भयो भने हामि बाँच्छौँ भनी पहिले नै निजहरूको नाम लिई पैसा दिएको हो भनी भन्नु भनेको हुँदा निजहरूले भनेअनुसार आरजु देउवा तथा बालकृष्ण खाण र मञ्जु खाणको समेत नाम लिई मैले रकम बुझाएको हो भनी कुरा गरेको हो। उक्त कुरा वास्तविक होइन। निजहरूलाई चिनेको छैन। चिन्दै नचिनेको व्यक्तिलाई यति धेरै रकम नगदै बिना काम दिने कुरै भएन।’

केही दिनपहिले नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर आरजु र मञ्जुको नाम जोडिएको एक अडियो सार्वजनिक भएको थियो । अडियोको विषयमा प्रहरीले उनीहरूमाथि केरकार गरेको थियो । सोहीक्रममा दुवै जनाले रकम लिएको कुरा गलत भएको इन्कारी बयान दिएका हुन् ।

अडियोको विषयमा रकम लिएको भनेर बोलेकोबारे थाहा नभएको दुलाल बताउँछन् । कांग्रेस नेत्री देउवाले फेक अडियोको छानविनका लागि प्रहरीमा उजुरीसमेत दिएकी थिइन् । यद्यपि, उक्त उजुरीमाथि अहिले के कामकारबाही भएको छ भन्नेबारे प्रहरीले सार्वजनिक गरेको छैन । आरजुले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएकोमा आपत्ति जनाउँदै निष्पक्ष छानविनका लागि माग गर्दै आएकी छन् ।

प्रहरी अधिकारीका अनुसार बयानका क्रममा कुनै पनि अभियुक्तले आरजू देउवाको नाम लिएका छैनन् । कांग्रेस नेत्री देउवाले संसद बैठकमै नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने प्रकरणमा जोडिएका सबैलाई कडा कारवाही हुनुपर्ने माग उठाएकी थिइन् ।