९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

८३ वर्षको उमेरमा चौथो पटक पिता बन्दै हलिउड अभिनेता पचिनो



अ+ अ-

एजेन्सी । हलिउडका दिग्गज अभिनेता अल पचिनोको बारेमा एउटा ठूलो खबर बाहिर आएको छ, जसले सामाजिक सञ्जालमा हलचल मच्चाएको छ ।

अल पचिनो ८३ वर्षको उमेरमा पिता बन्न लागेका छन् । अभिनेताकी २९ वर्षीया प्रेमिका नूर अलफल्लाह गर्भवती छिन् । नूर आठ महिनाको गर्भवती छिन्, र उनको डेलिभरी पनि चाँडै नै हुने बताइएको छ ।

अल पचिनो र नूर अल्फाल्लाहको बारेमा कुरा गर्दा, दुबै अप्रिल २०२२ देखि सँगै छन् । यो जोडी पहिलो पटक डिनर डेटमा देखिएका थिए, त्यसपछि उनीहरुको सम्बन्धको खबरले निकै चर्चा पायो ।

अहिले मिडिया रिपोर्टका अनुसार नूर आठ महिनाको गर्भवती छिन् र डेलिभरी जुनको अन्त्यमा वा जुलाईको शुरुमा हुने भएको छ । यसरी अल पचिनो चौथो पटक बाबु बन्ने भएका छन् ।

पचिनोकी पूर्व प्रेमिका एक्टिङ कोच जान टारान्टसँग उनको ३३ वर्षिया छोरी (जुली) छन्। यस्तै पूर्व प्रेमिका बेभर्ली डीएन्जेलोसँग २२ वर्षीय जुम्ल्याहा एन्टोन र ओलिभिया सन्तान छन् । पचिनोले २००८–१८ सम्म लुसिला पोलकलाई पनि डेट गरे तर उनको कुनै सन्तान छैन ।

अल पचिनो आफ्नो समयका चर्चित स्टारमध्ये एक हुन् । उनी ‘इन्सोम्निया’, ‘द आयरिशम्यान’, ‘द गडफादर’, ‘स्कारफेस’, ‘हीट’, ‘द डेभिल्स एड्भोकेट’ र ‘सेन्ट अफ ए वुमन’ जस्ता चर्चित फिल्ममा आफ्नो अभिनयका लागि परिचित छन् । धेरै कम मानिसहरूलाई थाहा छ कि पचिनोले आफ्नो क्यारियर स्ट्यान्ड–अप–कमेडियनको रूपमा सुरु गरेका हुन् ।