२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

कैलालीका स्थानीय तहमा कोरोना परीक्षण दर घट्दो

कैलालीका स्थानीय तहमा कोरोना परीक्षण दर घट्दो
अ अ+ अ-

ठिकापुर । कैलालीका स्थानीय तहमा स्वाब सङ्कलन घटेको छ । समुदायमा कोरोनाका लक्षण भएका बिरामी घटेपछि कोरोना परीक्षणका लागि आउनेसमेत घटेका स्थानीय पालिकाका स्वास्थ्य शाखाको भनाइ छ । 

विगत एक महिना हेर्दा हाल कोरोना परीक्षणका लागि आउनेको सङ्ख्यामा कमी आएको जोशीपुर गाउँपालिकाका स्वास्थ्य शाखा सह–संयोजक शान्ति चौधरीले बताउनुभयो । “शुरुमा त दैनिकरुपमा परीक्षण गरिदिनुप¥यो भनेर फोन आउँथ्यो, हाल त्यस्तो छैन”, चौधरलिे भन्नुभयो, “हाल सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पनि दुई÷तीन दिनमै रिपोर्ट आउन थालेको छ, सायद चाप कम भएरै होला ।”

जोशीपुर जस्तै जानकी गाउँपालिकामा पनि कोरोना परीक्षणका लागि स्वाब दिन आउने नागरिक घटेका छन् । “दुई साताअघिसम्म स्वाब सङ्कलन शुरु गरेको समयमा स्वाब दिन आउनेको निकै भीड लाग्ने गरेको थियो”, गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरी भन्नुहुन्छ, “हाल परीक्षण गर्न आउनेको सङ्ख्या घटेको छ । शुरुका दिनमा त सयौँ नागरिक परीक्षणका लागि आएका थिए, लकडाउनका कारण नागरिक घरमै बस्दा सङ्क्रमण घटेको देखिन्छ, आजभोलि सातामा २० देखि ३० जनासम्म परीक्षणका लागि आउने गरेका छन् ।”

कैलालीका अधिकांश पालिकाले सातामा दुई दिन कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्ने गरेका छन् । भजनी नगरपालिकाले पनि साताको दुई दिन सोमबार र बिहीबार स्वाब सङ्कलन गर्ने गरेको छ । पहिले एकै दिनमा ८० देखि १०० व्यक्ति स्वाब दिन आउने गरेका थिए । अहिले त्यो सङ्ख्या घटेर बढीमा ३० मात्र आउने गरेका छन् । 

भजनीका स्वास्थ्य शाखा सहसंयोजक कैलाश चौधरी कोरोना परीक्षण गरी पोजेटिभ देखिए गाउँ समाजले हेलाका दृष्टिले हेर्छ भन्ने नागरिकको बुझाइले पनि परीक्षण गर्न आउने घटेका बताउनुहुन्छ । “सङ्क्रमितको सङ्ख्यासमेत घटेको छ । अर्कोतर्फ सामाजिक दुव्र्यवहार सहनु नपरोस् भनी मानिस परीक्षणसम्म आउन मान्दैनन्”, चौधरीले भन्नुभयो, “लामो समय बन्द हुँदा यसले सङ्क्रमण न्यूनीकरणमा समेत सघाएको छ ।”

टीकापुर नगरपालिकामा पनि कोरोना परीक्षणका लागि स्वाब दिन आउने नागरिक घटेका छन् । शुरुमा हप्तामा २५० व्यक्तिसम्मको स्वाब सङ्कलन गरिन्थ्यो । अहिले २० जनासम्म मात्र स्वाब दिन आउने गरेका छन् । उक्त नगरपालिकाले मङ्गलबारदेखि गाउँगाउँमा गएर शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी गरेको स्वास्थ्य शाखा संयोजक बलबहादुर रावल बताउनुहुन्छ । “गाउँका मानिस सबै खेतीपातीमा व्यस्त हुन थालेका छन्, लक्षण भएका पनि घरभित्रै बस्नुपर्दा काममा समस्या हुन्छ भनी नआएका पनि हुनसक्छन् भनेर गाउँमै गएर परीक्षण गर्ने तयारी थालेका छौँ”, रावल भन्नुहुन्छ, “लक्षण भएकालाई परीक्षणको दायरामा ल्याउन महिला स्वास्थ्य स्वयम्सेविकालाई खबर गरेका छौँ, हरेक वडामा गएर परीक्षण गर्छौं ।”

कोरोना लक्षणसहित स्वास्थ्यमा समस्या देखिएमा अनिवार्य परीक्षण तथा उपचारमा आउन टीकापुर अस्पतालका कोरोना फोकल पर्सन चिकित्सक रमेश उपाध्यायको आग्रह छ । “समस्या भएर घरमै लुकाएर बस्दा स्वास्थ्यमा जटिल समस्या भइसकेको हुनसक्छ, हामीकहाँ अन्तिममा श्वासप्रश्वासमा समस्या भएपछि मात्र आउने गर्नाले पछि जोखिम हुन्छ”, चिकित्सक उपाध्याय भन्नुहुन्छ, “समयमै उपचारमा गए रोग पहिचान हुन्छ र समयमै उपचार पाइन्छ, अर्कोतर्फ सङ्क्रमित पहिचान भएमा घरपरिवार र समुदायमा फैलने जोखिम पनि कम हुन्छ ।” 

जिल्लाका सबैजसो पालिकाले कोरोना परीक्षणका लागि स्थानीयस्तरमा स्वाब सङ्कलन गर्ने र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाउने व्यवस्था मिलाएका छन् । अस्पतालले सबै पालिकाको स्वाब परीक्षण गरेर नतिजा सम्बन्धित बिरामीको मोबाइलमा म्यासेज गर्ने व्यवस्था मिलाएको छ । साथै पालिकाले समेत सङ्क्रमितको तथ्याङ्क राख्ने व्यवस्था मिलाएका छन् । जसले सङ्क्रमितको उपचार, उद्धार र राहतमा सहज हुने गरेको छ । 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्याङ्कनुसार कैलालीमा पिसिआर विधिबाट परीक्षण गरिएका १४ हजार ९८४ कोरोना सङ्क्रमित छन् । त्यसमा १३ हजार ८५६ व्यक्ति डिस्चार्ज भइसकेका छन् । कैलालीमा हाल एक हजार ७०  सक्रिय सङ्क्रमित छन् ।