२३ असार २०८३, मंगलवार
,
Latest
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग राष्ट्रनीति: रास्वपा २०९०-नयाँ सामाजिक सम्झौता र ‘पुनरुत्पादक लोकतन्त्र’ पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

के कारणले सन्दीपले टि२० ब्लास्ट गुमाए ?



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा सुरु हुने टि२० ब्लास्ट गुमाउने भएका छन् ।

सन्दीपका मेनेजर रमण शिवाकोटीका अनुसार नेपालमा दोस्रो चरणको कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडानमा रोक र भिषा आउन ढिलाईको कारण टि२० ब्लास्ट गुमाउने भएका छन् । उनी टि२० ब्लास्टमा पहिलो पटक वोर्सेस्टरशायरबाट खेल्ने तयारीमा थिए । 

टि२० ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म चल्ने कार्यक्रम छ। तर नेपालमा दोस्रो लहरको कोरोना महामारीको कारण सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । 

र्‍यापिड्सले आफ्नो आधिकारिक वेवसाइटमा सन्दीपले भिसा र पासपोर्ट इस्युका कारण ब्लास्ट गुमाउने भएको पुष्टि गरेको छ । साथै उनको स्थानमा न्युजिल्याण्डका स्पीनर इश सोधीलाई अनुबन्ध गरेको पनि उसले जनाएको छ ।

सन्दीपले शुक्रबार राती भिसा आए पनि 'टु लेट' भनेर ट्वीट गरेका थिए । यस्तै शनिबार उनले फेसबुक लाइभमा भिसा र पासपोर्टकै कारण समयमा बेलायत जान नपाउँदा टी२० ब्लास्ट खेल्न नपाएको जानकारी दिएका थिए । सन्दीप नेपालबाट टी-२० ब्लास्टका लागि अनुन्ध हुने एकमात्र खेलाडी थिए ।