२९ आश्विन २०८१, मंगलवार
,
Latest
तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

के कारणले सन्दीपले टि२० ब्लास्ट गुमाए ?



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा सुरु हुने टि२० ब्लास्ट गुमाउने भएका छन् ।

सन्दीपका मेनेजर रमण शिवाकोटीका अनुसार नेपालमा दोस्रो चरणको कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडानमा रोक र भिषा आउन ढिलाईको कारण टि२० ब्लास्ट गुमाउने भएका छन् । उनी टि२० ब्लास्टमा पहिलो पटक वोर्सेस्टरशायरबाट खेल्ने तयारीमा थिए । 

टि२० ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म चल्ने कार्यक्रम छ। तर नेपालमा दोस्रो लहरको कोरोना महामारीको कारण सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । 

र्‍यापिड्सले आफ्नो आधिकारिक वेवसाइटमा सन्दीपले भिसा र पासपोर्ट इस्युका कारण ब्लास्ट गुमाउने भएको पुष्टि गरेको छ । साथै उनको स्थानमा न्युजिल्याण्डका स्पीनर इश सोधीलाई अनुबन्ध गरेको पनि उसले जनाएको छ ।

सन्दीपले शुक्रबार राती भिसा आए पनि 'टु लेट' भनेर ट्वीट गरेका थिए । यस्तै शनिबार उनले फेसबुक लाइभमा भिसा र पासपोर्टकै कारण समयमा बेलायत जान नपाउँदा टी२० ब्लास्ट खेल्न नपाएको जानकारी दिएका थिए । सन्दीप नेपालबाट टी-२० ब्लास्टका लागि अनुन्ध हुने एकमात्र खेलाडी थिए ।