• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल ★   सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति ★   संसद सचिवालयका कर्मचारीको मागबारे बैठक सकारात्मक, माग सम्बोधन नभए आन्दोलन जारी रहने चेतावनी ★   कोशी प्रदेशमा चट्याङबाट एक दशकमा दुई सय ५४ को मृत्यु ★   ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’ ★   भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु ★   सङ्खुवासभा बाढीपहिरो: १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता

लिबियाको राजनीतिक संकटबारे महासचिव गुटरेसको आग्रह



संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले लिबियामा स्थायित्वका लागि त्यहाँका सबै पक्ष लाग्नुपर्ने बताउनुभएको छ । लिबियाको स्थायित्वका लागि त्यहाँका राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको महासचिव गुटर्रेसका प्रवक्ताले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

लिबियामा पछिल्लो समयमा राजनीतिक संकट चुलिँदै गएको छ । त्यसैले यस देशको स्थायित्व र राजनीतिक निकासका लागि सबै पक्षको सक्रियताको आवश्यकता रहेको सो विज्ञप्तिमा जनाइएको छ ।

लिबियामा गएको डिसेम्बर महिनामा राष्ट्रपतिको निर्वाचन हुने कार्यक्रम तय भएको थियो । तर पछि सो निर्वाचन सम्पन्न हुन नसकेकाले यहाँ राजनीतिक संकट चुलिँदै गएको छ ।

संयुक्त राष्ट्रसंघले यहाँ राजनीतिक संकट थप गहिरिन नदिनका लागि सबै पक्षहरुसँग छलफल चलाएको बताइएको छ । गएको डिसेम्बरको पूर्व निर्धारित समयमा राष्ट्रपतिको निर्वाचन सम्पन्न गर्न नसकेपछि यहाँ राजनीतिक स्थयित्वको प्रश्न उठेको छ ।

अहिलेको सरकार र संसदको वैधानिकता माथि पनि प्रश्न उठेको बताइएको छ । त्यसैले यहाँको पछिल्लो राजनीतिक अवस्थाका बारेमा सबै गम्भीर हुनुपर्ने भन्दै यहाँका सबै राजनीतिक दलहरुलाई महासचिव गुटर्रेसले आग्रह गर्नुभएको हो । (रासस-सिन्ह्वा)