२३ असार २०८३, मंगलवार
,
Latest
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग राष्ट्रनीति: रास्वपा २०९०-नयाँ सामाजिक सम्झौता र ‘पुनरुत्पादक लोकतन्त्र’ पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यक्तिले हडपेका सरकारी जमिन फिर्ता गरेँ : शिवमाया तुम्बाहाङ्फे



अ+ अ-

काठमाडौं । निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले आफ्नो कार्यकालमा व्यक्तिले आफ्नो नाममा लगेका सरकारी जग्गाहरु सरकारको नाममा फिर्ता गर्न सफल भएको बताउनुभएको छ ।

सोमबार कुरा गर्दै मन्त्री तुम्बाहाम्फेले आफ्नो कार्यकालमा व्यक्तिले दुसित मनशायका साथ आफ्नो नाममा दर्ता गरेर लगेको जग्गालाई फिर्ता गर्ने लक्ष्य लिएको भन्दै त्यस्ता जग्गाहरु फिर्ता लिने काम प्रारम्भ गरेको बताउनुभयो । उहाँले सुनसरीमा १७९ बिगाहा जग्गा नेपाल सरकारको नाममा ल्याइसकिएको र काठमाडौंमा पनि अतिक्रमण भएको जग्गा फिर्ता लिने काम पनि अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘सुनसरीमा १७९ बिगाहा जग्गा नेपाल सरकारको नाममा ल्याइसक्यौँ । राजधानीको मुटुमा रहेको जग्गा जुन सरकारको नाममा थियो । दुषित मनशायका साथ विभिन्न व्यक्तिहरुले त्यो जग्गा हडपेका थिए । जग्गा विक्रि वितरण गरिएको थियो । ति व्यक्तिहरुलाई म्याद तामेलको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । व्यक्तिले अतिक्रमण गरेर लगेको जग्गाहरुको हकमा केही केही जग्गाहरु सरकारको नाममा ल्याउने काम सकेका छौँ । र अझैपनि छानविन हुँदैछ ।’

निवर्तमान मन्त्री तुम्बाहाम्फेले आफ्नो कार्यकालमा जग्गा नापजाँचको नयाँ प्रविधि लाइडर प्रविधि अपनाएको र नारायणीदेखि पश्चिम महाकाली सम्मको भुभागमा नापजाँच गरिसकेको जानकारी दिनुभयो । मौसमले साथ दिए यसै आर्थिक वर्षभित्र डाटा प्रोसेसिङको काम सकेर त्यसको रिजेल्ट निस्किन सक्ने पनि उहाँले बताउनुभयो । आगामी आ.व.मा नारायणी देखि मेचीसम्म नापजाँचको काम हुने कार्यक्रम रहेको उहाँको भनाई छ । उहाँले विभिन्न अनलाइन प्रविधिको सुरुवात गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘मेरो कित्ता प्रविधि कार्यान्वयन भइसकेको छ । लाइडर प्रविधि, हाम्रो डाटा कलेक्शन गरिसकेपछि त्यो प्रोसेसिङ नेपालमै गर्ने र नेपालमा प्रयोग गरिसकेपछि त्यस्ता रअ मेटेरियल कसैले हाम्रो डाटा लिएर जान नपाउने गरी यहीँ छोडेर जानुपर्छ भन्नेमा मैले जोड दिएको छु ।’

उहाँले भुमि मन्त्रालय अन्र्तगत केही केही सेटिङको प्रयास हुने गरेको भन्दै त्यस्तो प्रकारको सेटिङलाई आफुले तोडेको पनि बताउनुभयो ।