३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती राजदरबार त्यागेका ह्यारी–मेघनलाई दोस्रो सन्तान



अ+ अ-

क्यालिफोर्नियाः बेलायतको राजपरिवार त्यागेर अमेरिकामा बसोबास गरिरहेका राजकुमार ह्यारी र पत्नी मेघनबाट दोस्रो सन्तानको जन्म भएको छ । मेघनले क्यालिफोर्नियास्थित एक अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन् ।

मेघनले क्यालिफोर्नियाको सान्ता बार्बरा कटेज हस्पिटलमा छोरीलाई शुक्रबार बिहान ११.४० बजे जन्म दिएकी ह्यारीले जारी गरेको वक्तव्यमा उल्लेख छ । अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।

छोरीको नाम “लिलिबेट डायना माउन्टबेटन–विन्डसर” राखिएको छ । बेलायतकी महारानी एलिजाबेथलाई राजप्रासादभित्र “लिलि” उपनामले बोलाइने गरिन्छ । ह्यारी र मेघनले पनि छोरीको नाम ह्यारीकी हजुरआमा एलिजाबेथ द्वितीया र आमा डायनाको नाम जोडेर लिलिबेट डायना राखेका हुन् ।

लिली अब बेलायती राजगद्दीकी आठौं उत्तराधिकारी बनेकी छिन् ।

यद्यपी यो नाम जुराएको बारेमा बेलायती बकिङघम प्यालेसले कुनै प्रतिक्रिया जनाएको छैन, तर लिलीको जन्म भएकामा एलिजाबेथ, युवराज चाल्र्स, ह्यारीका दाजु विलियम समेतका राजपरिवारका सबै सदस्य निकै प्रसन्न भएको राजदरबारका प्रवक्ताले जनाएका छन् ।

ह्यारी र मेघनको विवाह सन् २०१८ को मे महिनामा भएको थियो । विवाह भएको एक वर्षपछि नै पहिलो छोराको जन्म भएको थियो । उनको नाम आर्ची रहेको छ ।