९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

भारत भ्रमणमा रक्सौल—वीरगञ्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताबारे छलफल हुन्छः मन्त्री साउद

भारत भ्रमणमा रक्सौल—वीरगञ्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताबारे छलफल हुन्छः मन्त्री साउद
अ अ+ अ-

काठमाडौँ । सरकारले नेपाल—भारत जोड्ने रक्सौल—वीरगञ्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ ।

मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले रक्सौल—वीरगञ्ज—सिमरा नाका धेरै ब्यस्त हुने भएकाले यस मार्गको विकल्पमा अर्को मार्गसहितको नयाँ नाकाका बारेमा भारत सरकारसँग सम्भाव्य स्थानहरुको बारेमा छलफल गर्ने बताउनुभएको हो । उहाँले नेपालगञ्ज(रुपैसडया), भैरहवा (सुनौली) र विराटनगर (जोगवनी) लगायतका अन्य नाकाहरु पनि चलायमान बनाउने बारेमा छलफल भइरहेको बताउनु भयो ।

उहाँले भ्रमणबाट सकारात्मक उपलब्धि हाँसिल हुने विश्वास रहेको बताउनु भयो । उहाँले नेपालको सुदूरपश्चिम र उत्तराखण्ड जोड्नका लागि पक्की पुल निर्माणको कामका बारेमा पनि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा छलफल हुने बताउनु भयो । उहाँले प्रधानमन्त्रीको भ्रमणपछि दुवै देशको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो । परराष्ट्रमन्त्री साउदले विद्युत आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालका ट्रान्समिसन लाइन निर्माण गरी विद्युत व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँगको विद्युत व्यापार गर्ने कुरामा पनि सरकारको जोड रहने बताउनु भयो । उहाँले भ्रमणमा नेपालमा विद्युत बिक्री हुने बजारलाई मध्यनजर गरेर भारतसँग लङ टर्म पावर डिल गर्ने प्रयास हुनेपनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कनेक्टीभिटीको क्षेत्रमा सिमरा नाका धेरै ब्यस्त छ । त्यसकारण हामीलाई नाकाको आवश्यक्ता छ । त्यो नाकाका लागि सम्भाव्य ठाउँहरुको बारेमा भारत सरकारसँग छलफल गरिरहेका छौँ । हाम्रो आवश्यक्ता पनि भनिरहेका छौँ । नेपालगञ्ज, भैरहवा र विराटनगर लगायतका नाकाको बारेमा कुरा गरेका छौँ । यो भ्रमणबाट सकारात्मक उपलब्धिसम्म पुग्ने सकिने छ भन्ने विश्वास छ । महाकालीभित्र नेपालको सुदूरपश्चिम र उत्तराखण्ड जोड्नका लागि पक्की पुल निर्माणको काम छ, यसको सम्झौता भइसकेको छ, अब कार्यान्वयनको चरणमा जानेकुरामा हामी जानेछौँ । हाम्रो बीचको सम्बन्ध जनस्तरमा छ । खुला सीमाबाट आवतजावत छ, सुमधुर सम्बन्ध छ, यो प्रधानमन्त्रीको भ्रमणपछि दुवै देशको सम्बन्ध थप बलियो हुनेछ । हामीले केही महत्वपूर्ण क्षेत्रलाई समेट्न कोशिस गरिरहेका छौँ ।

विद्युत आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालका ट्रान्समिसन लाइन निर्माण गरी विद्युत व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँगको विद्युत व्यापार गर्नेकुरा हामीले यो भ्रमणमा गरिरहेका छौँ । हामीले नेपालमा विद्युत बिक्री हुने बजारलाई मध्यनजर गरेर भारतसँग लङ टर्म पावर डिल गर्ने प्रयास गरिरहेका छौँ । भारतसँग ट्रान्जिटिटी गर्ने बारेमा पनि यो भ्रमणमा महत्वपूर्ण कदम चालिनेछन् । नेपाल र भारतको बीचमा कृषि उत्पादन सामग्री भारतीय बजारसम्म पुग्न सहयोगका लागि आग्रह हुनेछ ।’

नेपाल र भारत सरकारबीच विभिन्न कालखण्डदेखि थाँती रहेका सीमादेखि अन्य मुद्दाहरुमा छलफल हुने बताउनु भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बुधवारबाट तीन दिने भ्रमणमा भारत जान लाग्नुभएका प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग दिव्पक्षिय वार्ता गर्नुहुनेछ । प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालको भारत भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा.प्रकाशशरण महत, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत,भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल सहभागी बन्नुहुने भएको छ ।