२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

शत्रुघ्न सिन्हाले नै हेरेका छैनन् छोरी सोनाक्षीको सिरिज ‘दहाड’



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले ‘दहाड’ मार्फत डिजिटल दुनियाँमा प्रवेश गरेकी छन् । अमेजन प्राइम भिडियोमा रिलिज भएको उनको सिरिजले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

नायिका ‘दहाड’ मा प्रहरी अफिसरको भूमिकामा देखिएकी छिन् । हालै सोनाक्षीले आफ्नो क्यारेक्टरलाई लिएर बुबा एवं बलिउड सुपरस्टार शत्रुघ्न सिन्हाको प्रतिक्रियाबारे बताइन् ।

एक न्युज पोर्टलसँगको कुराकानीमा सोनाक्षीले आफ्ना बुबा यात्रामा निकै व्यस्त रहेको बताइन् । यस चक्करमा उनले अहिलेसम्म पूरै सिरिज हेरेका छैनन् । अहिलेसम्म उनले ‘दहाड’को चार वटा एपिसोड मात्र हेरेका छन् । बुबा शत्रुघ्न सिन्हा शृङ्खला हेर्दा निकै उत्साहित हुने र अब के हुन्छ भनेर सोध्ने गरेको अभिनेत्रीले बताइन् ।

सोनाक्षीले आफ्नो बुवालाई सिरिज एकै पटकमा हेर्न भनेकी छिन् । यसअघि सोनाक्षीले मिडियासँगको कुराकानीमा पनि उनका बुवाले आफ्ना साथीहरूलाई आफू पुलिस अफिसर बन्ने बताउनुभएको बताएकी थिइन् । अभिनेत्रीका अनुसार शत्रुघ्न सिन्हा आफ्नी छोरीलाई यस सिरिजमा प्रहरीको भूमिकामा देखेर निकै खुसी हुनुको एउटा कारण यो पनि हो ।

सोनाक्षीले कयौं पटक आफ्नो बुवा आफ्नो ‘चीयरलीडर’ भएको बताएकी छिन् । अभिनेत्रीले भनिन्, ‘उहाँ जतिसुकै व्यस्त भए पनि मेरो फिल्मको प्रिमियरमा आएर मलाई सपोर्ट गर्न कहिल्यै चुक्नुहुन्न ।’ कामको कुरा गर्ने हो भने सोनाक्षी सिन्हा चाँडै अक्षय कुमार र टाइगर श्राफसँग फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा देखिनेछिन् ।




भर्खरै