• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने

कुखुरालाई हरियो रंग दलेर सुगा भन्दै बेचेपछि…



एजेन्सी । इन्टरनेट त्यो ठाउँ हो जहाँ कहिले, के भाइरल हुन्छ र कहिले, के देखिन्छ, केही भन्न सकिँदैन । कहिलेकाहीँ अनौठा चालका भिडियोहरू हेर्न पाइन्छ त कहिले मान्छेका यस्ता कारनामा सुन्न पाइन्छ, जसलाई हेरे र सुनेपछि या त आफ्नै आँखामा विश्वास लाग्दैन वा मन नै अलमलमा पर्छ । अहिले यस्तै एक व्यक्तिको कार्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

वास्तवमा, एक इन्स्टाग्राम पेजले हरियो रंगको कुखुराको तस्बिर सेयर गर्दै दाबी गर्यो कि एक पाकिस्तानी व्यक्तिले कुखुरालाई सुगा भन्दै अनलाइनमा बेचे । यस मामिलामा कति सत्यता छ भन्ने अहिलेसम्म पुष्टि हुन सकेको छैन । सामाजिक सञ्जालमा जहाँ यो समाचार पढेपछि केहीले आफ्ना रोचक प्रतिक्रिया दिइरहेका छन् भने कतिपयले यो तस्बिरलाई सम्पादित भनेका छन् ।

भाइरल भइरहेको यो तस्बिरमा तपाईले देख्न सक्नुहुन्छ कि यसमा हरियो रंगको चरा देखिन्छ, जुन कुखुराको जस्तो देखिन्छ तर तस्बिरका अनुसार यसलाई सुगा भनिएको छ । तस्बिरसँगै लेखिएको छ कि पाकिस्तानी पसलले कुखुरालाई हरियो रंग लगाएर सुगा भनेर अनलाइनमा साढे ६ हजारमा बेचेको छ ।

कराचीका एक व्यक्तिले पहिले कुखुरालाई हरियो रंग लगाएर त्यसको तस्बिर लिएर ओएलएक्समा राखेर मूल्य ६ हजार ५ सय रुपैयाँ तोकेको दाबी भइरहेको छ । उनले लेखे – ‘सुगा सुपथ मुल्यमा बिक्रीमा ।’