८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुखुरालाई हरियो रंग दलेर सुगा भन्दै बेचेपछि…



अ+ अ-

एजेन्सी । इन्टरनेट त्यो ठाउँ हो जहाँ कहिले, के भाइरल हुन्छ र कहिले, के देखिन्छ, केही भन्न सकिँदैन । कहिलेकाहीँ अनौठा चालका भिडियोहरू हेर्न पाइन्छ त कहिले मान्छेका यस्ता कारनामा सुन्न पाइन्छ, जसलाई हेरे र सुनेपछि या त आफ्नै आँखामा विश्वास लाग्दैन वा मन नै अलमलमा पर्छ । अहिले यस्तै एक व्यक्तिको कार्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

वास्तवमा, एक इन्स्टाग्राम पेजले हरियो रंगको कुखुराको तस्बिर सेयर गर्दै दाबी गर्यो कि एक पाकिस्तानी व्यक्तिले कुखुरालाई सुगा भन्दै अनलाइनमा बेचे । यस मामिलामा कति सत्यता छ भन्ने अहिलेसम्म पुष्टि हुन सकेको छैन । सामाजिक सञ्जालमा जहाँ यो समाचार पढेपछि केहीले आफ्ना रोचक प्रतिक्रिया दिइरहेका छन् भने कतिपयले यो तस्बिरलाई सम्पादित भनेका छन् ।

भाइरल भइरहेको यो तस्बिरमा तपाईले देख्न सक्नुहुन्छ कि यसमा हरियो रंगको चरा देखिन्छ, जुन कुखुराको जस्तो देखिन्छ तर तस्बिरका अनुसार यसलाई सुगा भनिएको छ । तस्बिरसँगै लेखिएको छ कि पाकिस्तानी पसलले कुखुरालाई हरियो रंग लगाएर सुगा भनेर अनलाइनमा साढे ६ हजारमा बेचेको छ ।

कराचीका एक व्यक्तिले पहिले कुखुरालाई हरियो रंग लगाएर त्यसको तस्बिर लिएर ओएलएक्समा राखेर मूल्य ६ हजार ५ सय रुपैयाँ तोकेको दाबी भइरहेको छ । उनले लेखे – ‘सुगा सुपथ मुल्यमा बिक्रीमा ।’




भर्खरै