• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   भावुक हुँदै सन्दीपले भने – मेरो सपना पूरा नभए पनि मेरो देशको सपना पूरा भएको… ★   काकाकुल अँधेरीगाउँ ★   विश्वको सबैभन्दा लामो रेल, एक कुनाबाट अर्को ठाउँमा पुग्न घण्टौं लाग्ने ★   म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण ★   गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट, बुधबार पेशी ★   बुकीमै बसेर यार्सागुम्बाको खोजी ★   विश्वको सबैभन्दा लामो जाम, १२ दिनसम्म जाममा फस्नुपरेपछि… ★   अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द ★   वायुसेवा निगमसहित पन्ध्र सरकारी संस्थान घाटामा ★   सन्दीप लामिछानेको भिसाको पहलका लागि क्यान अध्यक्ष चन्दले भेटे परराष्ट्रमन्त्री

भारत भ्रमणमा भुटानी शरणार्थीको मुद्दा समावेश गर्न प्रधानमन्त्रीसँग माग



फाईल फोटो

बिर्तामोड । भुटानी शरणार्थीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यही जेठ १७ गतेदेखि सुरु हुन लागेको भारत भ्रमणका क्रममा स्वदेश फिर्ताको मुद्दालाई समेत समावेश गरिदिन माग गरेका छन् ।

स्वदेश फिर्तीको माग गर्दै आएको भुटान स्वतन्त्र जनमञ्चले एक विज्ञप्ति जारी गर्दै भुटानी शरणार्थीको स्वदेश फिर्तीको विषयमा समेत प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारका प्रतिनिधिसँग छलफल गर्न आग्रह गरेको हो ।

मञ्चका महासचिव धनवीर (डिबी) सुब्बाले भारतसँग छलफल गरी भुटानी शरणार्थी स्वदेश फिर्तीका लागि नेपाल र भुटान सरकारबीच वार्ता–छलफलको वातावरण बनाउन आग्रह गरेको बताउनुभयो ।

भुटानी शरणार्थीहरु ३० वर्षदेखि पूर्वी नेपालको झापा र मोरङका शिविरमा शरणार्थीका रुपमा बसिरहेका छन् । एक लाख १३ हजार ५ सय शरणार्थी अमेरिका, अष्ट्रेलियालगायत ८ वटा पश्चिमा देशमा पुनर्वास कार्यक्रमअन्तर्गत गएका छन् । सुब्बाका अनुसार झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविरमा गरी नेपालमा ६ हजार ५ सय भुटानी शरणार्थी बसिरहेका छन् ।

मञ्चले भुटानी शरणार्थीको नाममा विभिन्न आपराधिक गतिविधिहरु भएकोप्रति ध्यानाकर्षण भएको भन्दै आपराधिक गतिविधिको नाममा भुटानी शरणार्थीको स्वदेश फिर्तीको अधिकार र चाहनामाथि कुनै आँच पुग्न नहुनेमा जोड दिएको छ । मञ्चले शिविरमा हाल रहेकामध्येबाट आत्मसम्मानपूर्वक स्वदेश फर्कन चाहनेहरुको तर्फबाट नेपाल सरकार, प्रधानमन्त्री, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।

भुटानी शरणार्थीको समस्याको दीर्घकालीन समाधानका लागि ‘सम्मानजनक स्वदेश फिर्ती’ को विकल्प अगाडि बढाउनका लागि आवश्यक वार्ता, छलफल, नीति निर्णय र निर्देशनजस्ता ठोस पहल गरिदिन समेत मञ्चले आग्रह गरेको छ ।