२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत भ्रमणमा भुटानी शरणार्थीको मुद्दा समावेश गर्न प्रधानमन्त्रीसँग माग



फाईल फोटो
अ+ अ-

बिर्तामोड । भुटानी शरणार्थीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यही जेठ १७ गतेदेखि सुरु हुन लागेको भारत भ्रमणका क्रममा स्वदेश फिर्ताको मुद्दालाई समेत समावेश गरिदिन माग गरेका छन् ।

स्वदेश फिर्तीको माग गर्दै आएको भुटान स्वतन्त्र जनमञ्चले एक विज्ञप्ति जारी गर्दै भुटानी शरणार्थीको स्वदेश फिर्तीको विषयमा समेत प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारका प्रतिनिधिसँग छलफल गर्न आग्रह गरेको हो ।

मञ्चका महासचिव धनवीर (डिबी) सुब्बाले भारतसँग छलफल गरी भुटानी शरणार्थी स्वदेश फिर्तीका लागि नेपाल र भुटान सरकारबीच वार्ता–छलफलको वातावरण बनाउन आग्रह गरेको बताउनुभयो ।

भुटानी शरणार्थीहरु ३० वर्षदेखि पूर्वी नेपालको झापा र मोरङका शिविरमा शरणार्थीका रुपमा बसिरहेका छन् । एक लाख १३ हजार ५ सय शरणार्थी अमेरिका, अष्ट्रेलियालगायत ८ वटा पश्चिमा देशमा पुनर्वास कार्यक्रमअन्तर्गत गएका छन् । सुब्बाका अनुसार झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविरमा गरी नेपालमा ६ हजार ५ सय भुटानी शरणार्थी बसिरहेका छन् ।

मञ्चले भुटानी शरणार्थीको नाममा विभिन्न आपराधिक गतिविधिहरु भएकोप्रति ध्यानाकर्षण भएको भन्दै आपराधिक गतिविधिको नाममा भुटानी शरणार्थीको स्वदेश फिर्तीको अधिकार र चाहनामाथि कुनै आँच पुग्न नहुनेमा जोड दिएको छ । मञ्चले शिविरमा हाल रहेकामध्येबाट आत्मसम्मानपूर्वक स्वदेश फर्कन चाहनेहरुको तर्फबाट नेपाल सरकार, प्रधानमन्त्री, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।

भुटानी शरणार्थीको समस्याको दीर्घकालीन समाधानका लागि ‘सम्मानजनक स्वदेश फिर्ती’ को विकल्प अगाडि बढाउनका लागि आवश्यक वार्ता, छलफल, नीति निर्णय र निर्देशनजस्ता ठोस पहल गरिदिन समेत मञ्चले आग्रह गरेको छ ।




भर्खरै