१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

आगामी वर्षको बजेट मुलुकको अर्थतन्त्रमा देखिएका समस्या तथा चुनौतिहरुलाई सम्बोधन गर्नेतर्फ निर्देशित छ: अर्थमन्त्री महत

आगामी वर्षको बजेट मुलुकको अर्थतन्त्रमा देखिएका समस्या तथा चुनौतिहरुलाई सम्बोधन गर्नेतर्फ निर्देशित छ: अर्थमन्त्री महत
अ अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या तथा चुनौतिहरुलाई सम्बोधन गर्दै मुलुकको सवल अर्थतन्त्र निर्माण गर्नेतर्फ सरकारको आगामी आर्थिक वर्षको बजेट निर्देशित रहेको बताउनु भएको छ ।

सोमबार संघीय संसदको दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री महतले आम जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने तथा पछाडि परेका वर्ग, क्षेत्र, लिंग र समूदायलाई आर्थिक लाभको पहुँचतर्फ लैजाने विषयमा बजेट केन्द्रित गरेको बताउनु भयो ।

उहाँले आगामी आर्थिक वर्षको बजेट मुलुकको समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित हुनेछ उल्लेख गर्नु भयो । अर्थमन्त्री महतले राजनीतिक दल, जनप्रतिनिधि, सार्वजनिक प्रशासन, संघसंस्था, निजी क्षेत्र, नागरिक समाज, गैर आवासीय नेपाली, विकास साझेदार, सञ्चार जगत र आम नागरिकको सहयोग र ऐक्यवद्धताबाट अर्थतन्त्रमा देखिएका विद्यमान चुनौति सामना गर्दै बजेटले लिएका लक्ष्य हासिल गर्न सकिने विश्वास समेत व्यक्त गर्नु भयो । आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा आफूले जनअपेक्षालाई सम्बोधन गर्ने र अर्थतन्त्रमा देखिएका अप्ठ्याराहरु हटाई जनतामा आशा र भरोसाको सञ्चार गर्ने जिम्मेवारीबोध गरेको पनि अर्थतन्त्र महतले बताउनु भयो ।

उहाँले प्रतिस्पर्धी क्षमता तथा तुलनात्मक लाभ, रुग्न भएको उद्योग प्रवद्र्धन गर्ने, डिजिटल र हरित अर्थतन्त्र विकास गर्ने, युवालाई मुलुक भित्रै आर्थिक गतिविधिमा आवद्ध हुन अभिप्रेरित गर्ने, उद्यमशीलता विकास गरी गरिवी न्यूनिकरण गर्ने, सार्वजनिक सम्पत्तिको जर्गेना गर्ने तथा स्रोत र साधनको प्रभावकारी एवम् परिणाममुखि परिचालन गर्ने दिशामा बजेट उन्मुख रहेको बताउनु भयो । अर्थमन्त्री महतले भन्नु भयो, ‘मुलुकको अर्थतन्त्रमा देखिएका समस्या तथा चुनौतिलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल उच्च बनाउने र उच्च, दिगो एवम् फराकिलो आर्थिक वृद्धिसहितको सवल अर्थतन्त्र निर्माण गर्नेतर्फ आगामी आर्थिक वर्षको बजेट निर्देशित गरेको छु ।

आम जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने तथा सिमान्तकृत तथा पछाडि परेका वर्ग, क्षेत्र, लिंग र समूदायलाई आर्थिक लाभको पहुँचमा पुर्‍याउनेतर्फ बजेट तथा कार्यक्रम लक्षित गरेको छु । आगामी बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित हुनेछ । प्रतिस्पर्धी क्षमता तथा तुलनात्मक लाभ, रुग्न भएको उद्योग प्रवद्र्धन गर्ने, डिजिटल र हरित अर्थतन्त्र विकास गर्ने, युवालाई मुलुक भित्रै आर्थिक गतिविधिमा आवद्ध हुन अभिप्रेरित गर्ने, उद्यमशीलता विकास गरी गरिवी न्यूनिकरण गर्ने, सार्वजनिक सम्पत्तिको जर्गेना गर्ने तथा स्रोत र साधनको प्रभावकारी एवम् परिणाममुखि परिचालन गर्ने दिशामा बजेट उन्मुख रहेको छ । बजेट तर्जुमा गर्दा नेपालको संविधान, आवधिक योजना, दिगो विकास लक्ष्य, संंंयुक्त सरकारको प्राथमिकता र साझा न्यनतम कार्यक्रम, नेपाल सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता उपर भएको छलफलको क्रममा माननीय सदस्यहरुबाट प्राप्त सुझावलाई मार्गदर्शनको रुपमा लिएको छु ।

यसैगरी प्रदेश र स्थानीय तह, राजनीतिक दल, संघ, संस्था, विद्धतवर्ग, आम नागरिक, नागरिक समाज, निजी क्षेत्र, सञ्चार जगतलगायत सबैबाट प्राप्त सुझावलाई समेत आधार बनाएको छु । मैले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा जनअपेक्षालाई सम्बोधन गर्ने र अर्थतन्त्रमा देखिएका अप्ठ्याराहरु हटाई जनतामा आशा र भरोसाको सञ्चार गर्ने जिम्मेवारीबोध गरेको छु । राजनीतिक दल, जनप्रतिनिधि, सार्वजनिक प्रशासन, संघसंस्था, निजी क्षेत्र, नागरिक समाज, गैर आवासीय नेपाली, विकास साझेदार, सञ्चार जगत र आम नागरिकको सहयोग र ऐक्यवद्धताबाट अर्थतन्त्रमा देखिएका विद्यमान चुनौति सामना गर्दै बजेटले लिएका लक्ष्य हासिल गर्न सकिने विश्वास लिएको छु ।’

अर्थमन्त्री महतले जनतामा आशा र भरोसाको सञ्चार गराउन पनि आगामी आर्थिक वर्षको बजेट सफल हुने दावी समेत गर्नु भयो ।