१५ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको भारत भ्रमणमा परराष्ट्र, उर्जा र यातायातसहित ५ जना मन्त्री सहभागी बन्ने



अ+ अ-

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट संसदमा प्रश्तुत गर्न स्वीकृति दिएको छ ।

सोमवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट संसदमा प्रश्तुत गर्न स्वीकृति प्रदान गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ देखि २० गतेसम्म हुने भारत भ्रमणको टोली निर्माण गरेको बताउनु भयो ।

टोलीमा प्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसहित ५ जना मन्त्रीहरु सहभागी हुने बताउनु भयो । मन्त्रीपरिषद्बाट प्रधानमन्त्रीको भारतभ्रमण स्वीकृत भएको बताउनु भयो ।