६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरीलाई गलत तरिकाले छाडियो, कैद मिनाहा भनेको निर्दोष होइन– रवि लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले टीकापुर घटनामा कैद सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई गलत प्रक्रियाबाट छाडेको बताएका छन्।

रास्वपा सांसद बिन्दबासिनी कंसाकारको शपथग्रहण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्।

चौधरी दोषी स्वीकार गरेर निस्किएको टिप्पणी गर्दै उनले भने, ‘हामीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भनेर संसदमा बोलिसकेका थियौँ। तर, तीनै तहको अदालतले फैसला सुनाएको विषय यसलाई राजनीतिक रूपमा हेर्न खोजियो। रेशम चौधरीमाथि पनि न्याय भयो र रु उहाँले दुई दिनअघि मात्रै मलाई निर्दोष छु भनिराख्नुभएको थियो। उहाँ निर्दोष हुनुहुन्छ भन्ने विश्वासमा हामी नै थियौँ। तर, अहिले उहाँ निर्दोष भएर छुट्नुभएन नि। जुन लडाइँ उहाँको थियो त्यो जित्नुभएन। उहाँ कैद मिनाहा भएर निस्कनुभयो। कैद मिनाहा भनेको निर्दोष होइन।’